काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो खेललाई बजारको हल्लाले कुनै प्रभाव नपार्ने बताएका छन् । 'लामिछानेले आफ्नो दृढ मनस्थितिलाई कुनैपनि बजारका हल्लाले प्रभाव पार्न नसक्ने' बताएको सन्दिप लामिछानेका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले विचार डटकमलाई जानकारी दिए । नाबालिकलाई जबर्जस्ती करणीको आरोप लागेका लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको भन्दै क्यान र लामिछाने विरुद्ध विभिन्न विरोध कार्यक्रम एवम् अनलाइन ट्रेण्ड चलिरहेका छन् । सन्दिप लामिछाने लामो समय अभ्यासबाट बाहिर रहेका कारण अहिले अभ्यासमा कडा मिहिनेत गरिरहेका छन् । आफ्नो खेललाई पुरानै लयमा कायम राख्नका लागि अभ्यास गरिरहेका लामिछाने घाइते पनि भएका छन् । उनको दाहिने हातको बुढीअौँलामा चोट लागेको छ, तरपनि उनले अभ्यास छोडेका छैनन् । सन्दिपका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपका विषयमा पछिल्लो समय उठिरहेका प्रश्नका विषयमा भने, ‘व्यवसाय नागरिकको नैसर्गिक अधिकार हो। खेलाडीको व्यवसाय भनेको खेल हो। एउटा विषयमा लागेको आरोपकै आधारमा खेल खेल्न नपाउने गरी रोकिनु कानुनी उपहास हुन्छ। जबसम्म कानुनले खेल खेल्नबाट रोक्दैन तबसम्म अरूले रोक्नु हुन्न। रोक्नु भनेको व्यक्तिको नैसर्गिक अधिकारलाई बन्देज गर्नु हो, पूर्वाग्रही हुनु हो।’ अधिवक्ता सरोजकृष्ण घिमिरे उनले अगाडि थपे, ‘संविधानले परिकल्पना गरेको फौजदारी न्यायको विस्तारित रूप सामाजिकीकरण हो। त्यो पनि दोषी सावित भएपछि।खेल्ने व्यक्तिको संवैधानिक र कानूनी अधिकार हो l पूर्वाग्रही पत्रिका र ब्यक्ति हरुको प्रभावमा खेल्ने अधिकार रोक्न सकिन्न l कानून को राज्यमा कानून र अदालत को आदेश मात्र व्यक्ति को अधिकार रोक्ने हतियार हो l अभियोगनै खेल खेल्न रोक्ने साधन हुन हुँदैन | रोक्न खोज्नेको कानुनी आधार कुन हो?' उनले मिडियाको अबुझ चरित्रमाथि पनि प्रश्न उठाउँदै भनेका छन् :-'राज्य को चौथो अंगका व्यावसायीहरुको दायित्व निष्पक्ष हुनु पनी...
पुरा पढ़नुहोस्
काठमाडौं । कर्णाली प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनो-सामाजिक सहयोग विषयक तालिमहरु सम्पन्न भएका छन्। Psychological Training @ Karnali province/ Photo by : Dinesh Bhatta विपद् र त्यसपछिको समय तथा नियमित विद्यालय सञ्चालनको अवस्थामा समेत बालबालिकाहरुले भोग्ने मनोसामाजिक समस्याको पहिचान...
काठमाडौं । एनआइसी एसिया बैंकको एउटा शाखामा सेवाग्राहीलाई शौचालय प्रयोगमा निषेध लगाइएको छ । एनआइसी एसिया बैंकको भृकुटीमण्डप शाखामा शौचालयमा चाबी लगाई शौचालयको प्रयोगमा सेवाग्राहीलाई निषेध गरिएको हो । शौचालय प्रयोगका लागि सेवाग्राहीले अनुरोध गर्दा बैंकका कर्मचारीले गाली गर्ने गरेको...
काठमाडौ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर...
झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका दिपक कुमार पाठक उर्फ युग पाठकले १०० मत पुर्याएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउनका लागि पाठक हेटौँडाबाट झापा पुगेका थिए । आफ्नो जिल्ला पनि झापा नभएका...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेकपा बहुमत पार्टीका कार्यकर्ताले मतदानस्थलभित्रै चुनाव बहिष्कारको नारा लगाएका छन् । आइतबार बिहान पौने १० बजे माछापुच्छ्रे–८ तारेबराह आधारभूत विद्यालय मतदान केन्द्र पुगेका उक्त पार्टीका कार्यकर्ता सूर्य परियारले मतपेटिका लात्तीले हानेर फालेपछि नारा लगाएका हुन् । ‘प्रतिनिधिसभाको मतपत्रमा...

