हाल झापा लगायतका विभिन्न ठाउँमा नाइरोबी फ्लाइको प्रकोप देखिएको छ। सो किराको कारण छोटो समयमै कपडाले नढाकेको ठाउँमा पोलेको जस्तो घाउ देखिने, धेरै जसो दाहको अनुभव हुने, कसै कसैलाई दुख्ने, सो घाउको सम्पर्कमा आएको अरू छालामा पनि उस्तै घाउहरू निस्किने, चिलाउने, रातो हुने, पानी वा पीप बग्ने जस्ता लक्षण देखिन्छन्। सो घाउलाई अर्को व्यक्तिले छोएमा पनि घाउ सर्ने हुन्छ। अफ्रिकामा भने यो रोग आँखा वरिपरि वा आँखामा पनि देखिएको थियो। यस्तो कम भए पनि यसमा धेरै आँखा दुख्ने लालिमा हुने जस्ता समस्या देखिन सक्छ। Paederus dermatitis paederus नामक किरामा पाइने paederin नामक फोका उठाउने विषालु तत्त्वका कारण हुने छालाको रोग हो। अतः यो रोग paederus किराको सम्पर्कबाट देखा पर्ने रोग हो। तर यो किराले हामीलाई टोक्दैन, डस्दैन। तर विज्ञहरू अनुसार यो तत्त्व paederus किराले नभई त्यस भित्र बस्ने किटाणुले उत्पादन गर्छ। जब हामीले त्यो किरालाई छालाको संसर्गमा मार्छौँ वा थिच्छौँ, किराबाट त्यो तत्त्व हाम्रो छालामा लागेर रोग देखा पर्छ। त्यस्ता लक्षण १२-३६ घण्टामा देखिन्छ। तर यदि हामीले त्यसलाई हलुकासँग छालाको सम्पर्कमा आउन नदिए, नमारे यो रोग लाग्दैन। तसर्थ यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ, यदि सम्पर्कमा आइहाले पनि फुकेर वा सिधै छालाले नछोई हटाउन पर्छ र छोइएको भए तत्काल पानीले मजासँग पखाल्नुपर्छ। यसो गर्दा विष छाला भित्र जान पाउँदैन। वर्षाको समयमा यो धेरै सक्रिय हुने भएकाले सतर्क हुनुपर्छ र बत्तीको (ट्यूबलाइट अदि) को मुनि बस्नुपर्दा ढोका झ्यालबाट किरा नपस्ने उपाय गर्नुपर्छ, बाहिर बत्ती नजिक वा मुनि बस्न हुँदैन। कुहिन लागेको खानेकुरा यसको लार्भा बढ्ने ठाउँ भएको हुँदा त्यस्ता चिज हटाउन पर्छ। यदि केहिगरि फोका उठ्न थाले चिसो पानीले सेक्ने र...
पुरा पढ़नुहोस्
‘काली’को तात्पर्य हो ‘काल’की अर्धाङ्गिनी । भगवान् शिव काल स्वरुप (संहार स्वरुप) हुनुहुन्छ । त्यसैले भगवान् शिवकी पत्नी आद्याशक्ति जगदम्बा नै ‘काली’ हुनुहुन्छ । ‘काली’ को तात्पर्य – जीवनमा आउने हर प्रकारका शत्रुलाई प्रबल रुपमा प्रहार गर्नेवाली वा शत्रुको विनाश...

