‘राइट टू नो भोट’ – सरकार नै मान्दैन सर्वोच्चको आदेश

  • bichar@news
  • ०९-कार्तिक-२०७९ ७:५४ am

सर्वोच्च अदालतले ८ वर्षअघि ‘राइट टु नो भोट’को व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको भए पनि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । २१ पुस २०७० सालमा कुनै उम्मेदवार मन नपरेमा अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुने गरी कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । अधिवक्ता स्वागत नेपाल, भाइराजा राई र विकास खड्काले जनताको पक्षमा ‘नो भोट’को व्यवस्था लागू गराउन माग गर्दै रिट दिएका थिए । उनीहरूले संविधानसभा चुनाव हुनु एक महिनाअघि १० कात्तिक २०७० मा ‘राइट टु नो भोट’को माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले दायर गरेको रिटमा सर्वोच्चले सरकारलाई निर्देशनात्मक आदेश दिँदै त्यससम्बन्धी कानुन बनाएर मतपत्रमा ‘राइट टु नो भोट’ व्यवस्था लागू गर्न भनेको थियो । सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकको मस्यौदाको दफा ७६ मा नो भोटको व्यवस्था राखेर मन्त्रिपरिषद्मा पठाएको थियो । तर, संसद्ले सो विधेयक पारित गर्नुको साटो नो भोटको व्यवस्था हटाउन लगाएर ऐन पास गरेको थियो । साथै संसदीय मामिला मन्त्रालयले नागरिकले उम्मेदवार मन नपरे भोट नहाल्न पाउँछन् भनी सर्वोच्च अदालतलाई जवाफ पठाएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि दोस्रोपटक अधिवक्ता स्वागत नेपालले १३ फागुन २०७३ सालमा सर्वोच्चमा फैसला कार्यान्वयन नभएको भन्दै कारबाही गरिपाऊँ भनी रिट दायर गरे । उनले दायर गरेको रिटमा न्यायाधीश हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलासले १ असोज २०७६ सालमा राजनीतिक दलले उठाएका उम्मेदवार छनोट गर्न पाउने अधिकार नागरिकमा हुने र तिनलाई अस्वीकार गर्न पाउने अधिकार पनि जनतामा निहित हुनेगरी कानुन बनाउन आदेश दिएको थियो । सर्वोच्चको निर्देशनात्मक आदेशपछि स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । तर, मतदाताले नो...

पुरा पढ़नुहोस्
जीवनकाव्य दर्शन कला

जीवनकाव्य दर्शन कला

जीवनका केही क्षणहरूलाई, केही काललाई हामी अध्याय भन्छौँ, यसर्थमा जीवन एउटा काव्यको रूपमा परिभाषित हुनपुग्छ । जीवन बाँच्नु भनेको काव्य बाँच्नु र एउटा काव्य निर्माण सँगसँगै गर्नु हो । हाम्रा पुराना काव्यचिन्तकहरूले वीर,श्रृङ्गार जस्ता रस काव्यमा प्रधान हुनुपर्छ भनेका छन्...

सन्दिप लामिछानेका ‘अन्तर्राष्ट्रियस्तर’का वकिल

सन्दिप लामिछानेका ‘अन्तर्राष्ट्रियस्तर’का वकिल

  • bichar@news
  • २४-आश्विन-२०७९ १२:५० am

काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेले आफ्नो वकिलका रुपमा सरोजकृष्ण घिमिरेलाई नियुक्त गरेका छन् । सन्दिप लामिछानेले सामाजिक सञ्जाल 'फेसबुक' मार्फत् आफ्नो अधिवक्ताका रुपमा सरोजकृष्ण घिमिरे रहने कुरा सार्वजनिक गरेका थिए ।...