काठमाडौं । कर्णाली प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनो-सामाजिक सहयोग विषयक तालिमहरु सम्पन्न भएका छन्। Psychological Training @ Karnali province/ Photo by : Dinesh Bhatta विपद् र त्यसपछिको समय तथा नियमित विद्यालय सञ्चालनको अवस्थामा समेत बालबालिकाहरुले भोग्ने मनोसामाजिक समस्याको पहिचान तथा प्रारम्भिक स्याहारका लागि विद्यालयमा जनशक्ति तयार गराइएको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लाका ६० विद्यालयका १२४ जना महिला र १११ जना पुरुष गरि २३५ जना शिक्षकहरुलाइ इयु-युनिसेफ (EU-UNICEF) को आर्थिक प्राविधिक सहयोग तथा मर्सीकोर र स्याक नेपालको आयोजना मा सञ्चालित कोभिड-१९ प्रतिकार्यः शिक्षा समुह सुदृढीकरण कार्यक्रम मार्फत् विभिन्न चरणमा २ दिने तालिम प्रदान गरिएको कार्यक्रम संयोजक कृष्ण चापागाईंले विचार डटकमलाई जानकारी दिनुभयो। विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् । शीर्ष पाँच कारणहरु मध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६,००० किशोरकिशोरीहरूको मृत्यु हुन्छ। मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषको बीच ठुलो अन्तर छ । युनिसेफले २०२१ मा प्रकाशित गरेको प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ। महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै असर पारेको छ । ध्यान केन्द्रित गर्न नसक्ने तथा ज्यादा चकचके स्वभावजन्य समस्या, चिन्ता, अटिजम, बाइपोलर डिसअर्डर / (दूईध्रुवीय बिकार), आचरण सम्बन्धि विकार, डिप्रेसन / उदासिता, खानपानमा विकार, बौद्धिक अपांगता, र स्किजोफ्रिनिया / मनोविदलता सहितका अन्य मानसिक समस्याहरूले बालबालिकाहरूको स्वास्थ्य, शिक्षा, जीवन नतिजा र सिकाइ क्षमतालाई हानी पुर्याएको देखिएको छ। बालबालिकाले भोगिरहेका यस्ता समस्याको पहिचान र समाधानका लागि पनि यस्ता कार्यक्रमहरु सरकारी स्तरबाटै पहल गरि गरिनुपर्नेमा समाज जागरण केन्द्र (स्याक नेपाल) का सिकाइ निरन्तरता...
पुरा पढ़नुहोस्
लेखक : सुशील देवकोटा मैले यो लहरोमा वैज्ञानिक रुपमा रेप भैरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ त्यो लेख्ने छु। रेप मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। उमेर नपुगेका मान्छेसँग यौन कृयाकलाप किन...
चियाका बारेमा १४ वर्षसम्म ५ लाख व्यक्तिहरुमा गरिएको भर्खरै सम्पन्न एउटा अनुसन्धानले चिया नपिउने व्यक्तिहरु भन्दा चिया पिउने व्यक्तिहरु केही समय धेरै बाँच्ने देखाएको छ । केही समय पहिले पाकिस्तानका एउटा नेताले जनतालाई चिया कम पिउन अनुरोध गरेका थिए ।...
हाल झापा लगायतका विभिन्न ठाउँमा नाइरोबी फ्लाइको प्रकोप देखिएको छ। सो किराको कारण छोटो समयमै कपडाले नढाकेको ठाउँमा पोलेको जस्तो घाउ देखिने, धेरै जसो दाहको अनुभव हुने, कसै कसैलाई दुख्ने, सो घाउको सम्पर्कमा आएको अरू छालामा पनि उस्तै घाउहरू निस्किने,...
काठमाडौँ । गण्डकी प्रदेश लोकसेवाले स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह पाँचौँ तह स्टाफ नर्सका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । खुला, महिला र आदिवासी जनजातितर्फ ६ जना स्टाफ नर्सका लागि वैशाख १९ गते लिइएको परीक्षामा लोकसेवाले २४...
महिलाहरुको महिनावारीमा प्रयोगमा आउने मेन्स्ट्रुअल कपको प्रोटोटाइप सर्वप्रथम सन् १९३० को दशकमा प्रकाशमा आएको थियो । अमेरिकी अभिनेत्री लियोना चार्म्सले यसको पेटेन्टको पहिलो आवेदन सन् १९३७ मा गरेकी थिइन् । तर, सबै महिलाहरुले यस्तो कप प्राप्त गर्ने र प्रयोग गर्ने...

