जीवनका केही क्षणहरूलाई, केही काललाई हामी अध्याय भन्छौँ, यसर्थमा जीवन एउटा काव्यको रूपमा परिभाषित हुनपुग्छ । जीवन बाँच्नु भनेको काव्य बाँच्नु र एउटा काव्य निर्माण सँगसँगै गर्नु हो । हाम्रा पुराना काव्यचिन्तकहरूले वीर,श्रृङ्गार जस्ता रस काव्यमा प्रधान हुनुपर्छ भनेका छन् ।वीर श्रृङ्गार मात्रै नभएर करुण पनि प्रधानरस हुनसक्छ काव्यमा भनेर 'उत्तररामचरित' साहित्याकाशमा उदाएन मात्रै, अत्यन्त चहकिलो नक्षत्र भएर बसिरह्यो । मैले बाँचिरहेको जीवनमा वीर/करूण रसको प्रधानताले श्रृङ्गारलाई कल्यापकुलुप पारेको छ । बुबा भन्नुहुन्छ 'व्याकरण पढेको भएपनि बोल्दा साहित्य बोल्ने गर्' तर म साहित्य बोल्न सकिनँ । मलाई अर्धमात्रा लाघव हुँदा पुत्रोत्पन्नको खुशी प्राप्त हुन्छ, म साहित्य बोल्ने कुरै आउँदैन । म जीवन-काव्यको पछिल्लो अध्यायमा कलाप्रति आकर्षित मनोभावनाले डोर्याएर कलापथमा अग्रसर भएको पाइरहेको छु । कलापथमा आवृत्त हुनुको अन्तर्य कलाको सीर्जना मात्रै नभएर त्यसको हार्दिक स्वागत र अभ्यर्थना पनि हुनसक्छ भन्नेकुरा पक्कै पनि मेरा पाठकले बुझेका छन् । मेरा विचार ग्रन्थिहरू मृत्युउपरको रौँचिरा दर्शनखाँतिर आफ्ना सोचनीय शक्तिलाई प्रयोग गरि शिथिलाउनमा व्यस्त थिए । शिथिलाईको गोलो प्रकृतिलाई कलाले नयाँ आयाममा रेखा खिचिदिएको छ । प्रकृतिको गोलो सिर्जनामा सीधा-सीधा धर्सा तान्नु नै कलाको पहिलो चरण हो, कलाको सीर्जना हो । कला त्यहाँ पैदाउँछ । `तर मेरो कला भन्नू त्यस अनन्तताको फगत एक सानो धर्सो मात्र हो´ यस्तो विचार ओर्लिएको एक सन्ध्यामा मैले शंकर लामिछानेलाई पढेँ । उनको विचार ठुँगाई र मेरो विचार ठुँगाईले समानान्तर सीधा धर्साहरू तानिरहेका रहेछन् । शंकर भन्छन् :- 'वास्तवमा प्रकृतिको रचना शैलीबाट अलग हुनु नै कला हो । ……..हाम्रो आफ्नो व्यक्तिगत विचार-प्रवाह त्यस अनन्तताको एक सानो धर्सो मात्र हो ।' अनन्तताको शारदीय धिप्कोले अन्तरमा कुनै शिखालाई स्पर्श गर्दछ र...
पुरा पढ़नुहोस्
दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा कसको ? उच्च हिमाली क्षेत्रमा मात्रै उम्रने जौं को जमरा लगाएर टीका लगाउने परम्परा कसको ? हाम्रो लामाले ह्लो छारमा आफ्नो स्टदेवलाई जौं को जमरा चढाउने ! जौं को सातु (चम्पा) हिमालको टाकुरोमा गएर...
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले 'श्रीकृष्ण जन्माष्टमी' पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई 'श्रीकृष्ण जन्माष्टमी' र रातलाई 'मोहरात्री' भनिन्छ ।...
‘काली’को तात्पर्य हो ‘काल’की अर्धाङ्गिनी । भगवान् शिव काल स्वरुप (संहार स्वरुप) हुनुहुन्छ । त्यसैले भगवान् शिवकी पत्नी आद्याशक्ति जगदम्बा नै ‘काली’ हुनुहुन्छ । ‘काली’ को तात्पर्य – जीवनमा आउने हर प्रकारका शत्रुलाई प्रबल रुपमा प्रहार गर्नेवाली वा शत्रुको विनाश...
पोल्याण्डको वर्स विश्वविद्यालयको पुस्तकालयको भित्तामा संस्कृत भाषामा अक्षरहरु कुँदिएको छ । वेदका मन्त्र एवं उपनिषद् र भागवतगीताका श्लोकहरु त्यहाँ कुँदिएका छन् । धेरैले गुगल ट्रान्सलेट गरेर त्यसको गलत अर्थ दिने गरेका छन्, तर हामी यहाँ त्यसको सटिक अर्थ दिने छौँ...
साउदी अरबमा सोमबार अर्थात् २ मेमा ईद मनाइयो । साउदी प्रेस एजेन्सिले आइतबारलाई रमजानको अन्तिम दिन भएका कारण सोमबार ईद उल फित्रको पहिलो दिन हुने बताएको थियो । त्यस्तै अफगानिस्तानमा आइतबार नै ईद मनाइसकिएको छ । नेपालमा भने आज मंगलबार...

