एनआइसी एसिया बैंकमा सेवाग्राहीलाई अभद्र व्यहारका साथै शौचालय प्रयोगमा निषेध

एनआइसी एसिया बैंकमा सेवाग्राहीलाई अभद्र व्यहारका साथै शौचालय प्रयोगमा निषेध

काठमाडौं । एनआइसी एसिया बैंकको एउटा शाखामा सेवाग्राहीलाई शौचालय प्रयोगमा निषेध लगाइएको छ ।

एनआइसी एसिया बैंकको भृकुटीमण्डप शाखामा शौचालयमा चाबी लगाई शौचालयको प्रयोगमा सेवाग्राहीलाई निषेध गरिएको हो ।

शौचालय प्रयोगका लागि सेवाग्राहीले अनुरोध गर्दा बैंकका कर्मचारीले गाली गर्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।

‘यो केवल कर्मचारीका लागि मात्रै हो, सेवाग्राहीलाई यो शौचालय प्रयोग गर्ने अनुमति छैन’- बैंकका गार्डले बताए ।

तर, सोही शाखामा नियमित गइरहेका ग्राहकहरुले भने पहिला शौचालयको प्रयोग गर्न पाइने गरेको बताउँछन् ।

शौचालय प्रयोग गर्न नपाइनुका साथै कर्मचारीको व्यवहार पनि सेवाग्राहीप्रति अनुचित हुने गरेको छ ।

झर्को बोलिको प्रयोग गर्ने, थर्काउने र अनावश्यक नियमहरु बनाई सेवाग्राहीलाई हैरानी दिएको सेवाग्राहीहरु बताउँछन् ।