ओलि हराउन कस्सिएका पाठकले १०० मत पुर्याए

झापा क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वारी दिएका दिपक कुमार पाठक उर्फ युग पाठकले १०० मत पुर्‍याएका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउनका लागि पाठक हेटौँडाबाट झापा पुगेका थिए । आफ्नो जिल्ला पनि झापा नभएका पाठकले हेभीवेट ओलीको सामना गर्न गार्हो पर्ने विश्लेषण गरिँदै आएको थियो । झापा क्षेत्र नं. ५ मा अग्रस्थानमा रहेका केपी शर्मा ओलीले २११६७ मत प्राप्त गर्दा पुतली चुनाव चिह्न पाएका पाठकले १०० मत पाएर आठौँ स्थानमा छन् । दोश्रो स्थानमा सत्ता गठबन्धनका उम्मेद्वार काङ्ग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १२०६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल ४४९७ मत सहित तेश्रो स्थानमा छन् । चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा भने क्रमशः जनमत पार्टीका भीम राजवंशीले १२४९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बूले ३४१, मङ्गोल नेसनल अर्ग्यानाइजेसनका सान बहादुर मेचेले २८७ र जनता समाजवादी पार्टी नेपालकी ओम माया आङदेम्बेले २४५ मत प्राप्त गरेका छन् । निर्वाचनमा मतपरिणाम आउनुअघि यसै भन्न सकिन्न र देशभरि नै आश्चर्यजनक परिणाम आइरहेको बेला कतिपयले पाठकले जित्ने प्रक्षेपण पनि गरेका थिए । यसरी सार्वजनिक अनुमान गर्नेमा सर्वसाधारण वा पाठकका शुभचिन्तक मात्र नभई नेपाल कार्टुनिस्ट क्लबका महासचिव रवि मिश्र र समाजशास्त्री लेखक सञ्जीव पोख्रेल लगायत समेत थिए । अर्कोतर्फ पाठकले सय मत पनि नकटाउने प्रक्षेपण गर्नेहरू पनि उत्तिकै थिए । अहिलेसम्म प्राप्त मत परिणामले भने ती दुवै प्रकारका प्रक्षेपणलाई गलत सावित गरिदिएको छ । अर्थात् पाठकले १०० मत कटाएका छन् भने उनले जितिहाल्ने सम्भावना चाहिँ देखिएको छैन । यस क्षेत्रमा एक लाख चौवन्न हजार दुई सय उनान्नबे (१५४२८९) मतदाता सङ्ख्या रहेकोमा एक लाख दुई...

पुरा पढ़नुहोस्
४४ मतदानस्थलमा झडप, १५ ठाउँमा हवाई फायर

४४ मतदानस्थलमा झडप, १५ ठाउँमा हवाई फायर

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनको क्रममा २५ जिल्लाका ४४ मतदानस्थलमा झडपको स्थिति सिर्जना भएको छ। मतदानका क्रममा पार्टीका कार्यकर्ताबीच विवाद भएपछि ४४ मतदान स्थानहरुमा झडपको अवस्था सिर्जना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताएका छन्। मतदान...

कास्कीमा मतपेटिकालाई लात्ती हानेर ‘संसदीय चुनाव बहिष्कारको नारा’

कास्कीमा मतपेटिकालाई लात्ती हानेर ‘संसदीय चुनाव बहिष्कारको नारा’

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेकपा बहुमत पार्टीका कार्यकर्ताले मतदानस्थलभित्रै चुनाव बहिष्कारको नारा लगाएका छन् । आइतबार बिहान पौने १० बजे माछापुच्छ्रे–८ तारेबराह आधारभूत विद्यालय मतदान केन्द्र पुगेका उक्त पार्टीका कार्यकर्ता सूर्य परियारले मतपेटिका लात्तीले हानेर फालेपछि नारा लगाएका हुन् । ‘प्रतिनिधिसभाको मतपत्रमा...

गोरखाको पालुङ्टारमा बाकस साटिएपछि पुनः मतदान

गोरखाको पालुङ्टारमा बाकस साटिएपछि पुनः मतदान

गोरखा पालुङटार ५ को जीवनज्योति मावि मतदान केन्द्रमा मतपेटिका साटिएको पाइएपछि पुनः मतदान गराउन लागिएको छ । मतदानका बेला प्रदेशसभा निर्वाचनका मतपेटिकाको सट्टा प्रतिनिधिसभाकै पत्र र मतपेटिका प्रयोग भएको पाइएपछि पुनः मतदान गराउन लागिएको हो । नेकपा एमाले पालुङटार नगर...

कास्कीमा १४ जनाले गरे दोहोरो मतदान

कास्कीमा १४ जनाले गरे दोहोरो मतदान

  • bichar@news
  • ०४-मंसिर-२०७९ १२:५८ pm

कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन्। आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन। उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु...

प्रदेश १, यी-यी जिल्लामा खस्यो यति मत

प्रदेश १, यी-यी जिल्लामा खस्यो यति मत

  • bichar@news
  • ०४-मंसिर-२०७९ १२:२२ pm

विराटनगर । झापा, मोरङ र सुनसरीमा करिब २५ प्रतिशतको हाराहारीमा मत खसेको छ । बिहान करिब ११ : ३० बजेसम्म प्रदेश १ को धेरै मतदाता भएको मोरङ, झापा र सुनसरीमा करिब २२–३० प्रतिशतको हाराहारीमा मत खसेको सम्बन्धित जिल्लाका सुरक्षा अधिकारीहरूले...

आज मध्यरातदेखि मौन अवधि सुरु : के गर्न पाइन्छ? के गर्न पाईँदैन ?

आज मध्यरातदेखि मौन अवधि सुरु : के गर्न पाइन्छ? के गर्न पाईँदैन ?

काठमाडौं : बिहीबार मध्यरातबाट स्थिर समय (मौन अवधि) सुरु हुँदैछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय...

केही उत्तर आफैसँग लिएर गए सरोजराज

केही उत्तर आफैसँग लिएर गए सरोजराज

  • bichar@news
  • २३-कार्तिक-२०७९ ९:१५ pm

काठमाडौं । लेखक पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । सुन्धाराको सिद्धार्थ होटलको कोठा नं ५०२ भित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए। बोहराका अनुसार कोठाको फ्यानमा सेतो सलमा झुन्डिएको अवस्थामा अधिकारीलाई भेटिएको...