मेन्स्ट्रुअल कप के हाे ? यसकाे प्रयाेग कसरी गर्ने ?

महिलाहरुको महिनावारीमा प्रयोगमा आउने मेन्स्ट्रुअल कपको प्रोटोटाइप सर्वप्रथम सन् १९३० को दशकमा प्रकाशमा आएको थियो । अमेरिकी अभिनेत्री लियोना चार्म्सले यसको पेटेन्टको पहिलो आवेदन सन् १९३७ मा गरेकी थिइन् । तर, सबै महिलाहरुले यस्तो कप प्राप्त गर्ने र प्रयोग गर्ने अवसर पाएका थिएनन् । पछिल्ला केही वर्षमा भने यसका धेरै आधुनिक र उन्नत संस्करणहरु बजारमा आएका छन् । सिलिकन, रबर र लेटेक्स्बाट बनेका छोटो कपको आकारका यी वस्तुले बिस्तारै बिस्तारै भएपनि महिलाहरुको जिन्दगीमा सेनिटरी प्याडको स्थान लिन थालेका छन् । सेनिटरी प्याडलाई यसले स्थानान्तरण गर्नुको एउटा कारण यो हो कि सेनिटरी प्याड केवल एकपटक उपयोगमा ल्याउन सकिन्छ भने मेन्स्ट्रुअल कप धेरै समयसम्म उपयोग गर्न सकिन्छ र यो व्यावहारिक एवं टिकाउ पनि हुन्छ । यो कप सिलिकन, रबर, लेटेक्सजस्ता लचिला उत्पादनहरुबाट बन्दछ जसका कारण महिलाहरुको यौनांगभित्र यसले कुनैपनि खालको असहजता पुर्याउँदैन । स्त्री रोग विशेषज्ञ पुपोले ‘बिकिनी, लेगिंग्स जस्ता कपडाहरुमा पनि मेन्स्ट्रुअल कप नदेखिने र यसले टेम्पुनले जस्तो अनावश्यक तत्त्व पनि उत्पन्न नगर्ने’ बताउँछिन् । मेन्स्ट्रुअल कप धेरै साइजमा उपलब्ध छ । यसको लम्बाई ४ देखि ६ सेमीसम्मको हुन्छ । यसको उपल्लो भागको व्यास ३ देखि ५ सेमीका बीचमा हुन्छ । धेरै उत्सर्जन हुने महिलाहरुलाई ठूलो साईजको कपको आवश्यकता हुन्छ । डाक्टरहरुको दिशानिर्देश मान्ने हो भने स्वच्छता र सुरक्षित उपयोगको हिसाबमा मेन्स्ट्रुअल कप पूर्ण रुपमा सुरक्षित छ र १० वर्षसम्म यो चल्न सक्छ ।यस लेखमा मेन्स्ट्रुअल कपसँग जोडिएका मुख्य पाँचवटा प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको छ । १. मेन्स्ट्रुअल कपलाई योनिभित्र कसरी राखिन्छ ? महिलाहरुको यौनांगभित्र यसलाई राख्नका लागि पहिला मेन्स्ट्रुअल कपलाई दुई तीन भागमा दोबार्नुपर्छ ताकि यसलाई योनिभित्र राख्न सकियोस्...

पुरा पढ़नुहोस्