भाँडाकुटी (कविता)

हो,म भाँडाकुटी खेलिरहेको थिएँ तिमीसँग,एकाकार, निमग्न,त्यहाँ कुनै नियम थिएन,मेरो मनले चाहेको स्वतन्त्र नियम बाहेक,तिमी पानी लिएर आउँथ्यौ,म केही खान दिन्थें तिमीलाई,तिमी हात धुन पानी हालिदिन्थ्यौ,अ प्यान्टोमाइम विदआउट अ रुल,हामी एक अर्काको अभिनयमा हाँस्थ्यौँ,निश्चल अभिनय,कि अभिनय के हो पनि हामीलाई थाहा थिएन,रछिटै यस्तो भयो,कितिमीले अचानक खेलको नियम सोध्यौ!**मलाई रुलको बारेमा केही थाहा थिएन,तिमीलाई पनि रुलको बारेमा केही थाहा थिएन,म त सोच्थेँ,बस, खेलमा हराऊँ,मेटिदिऔँ आफूलाई,समाहित गरिदिऔँ आफूलाई,चुपचाप होम गरिदिऔँ सबै भुलेर,तिलस्मी संसारमा!किखेलले आफैं नियम भेटोस्,तर खै के भयो,एकपटक तिमी पानी लिएर आयौ,मबेला बेला चरा उँडेको असहाय भएर हेर्नु बाहेक,खेलमा उत्तिकै डुबिरहेको थिएँ,तिमीले अचानक खेलको नियम सोध्यौ!**मैले तिम्रो ओठमा औँला राखेर चुप लगाउन सकिन,म अझै खेलमा एकाकार थिएँ,मलाई रुल ल्याएर खेल बिगारेको मन पर्दैनथ्यो,तिमीलाई खेलले आफैँ नियम भेटेको सैह्य भएन,हुन सक्छ,मेरो बाल सुलभ एकाग्रताबाट तिमी डरायौ,मेरो निमग्नता तिमीलाई बिझ्यो,र ततिमीले खेलको तन्द्राबाट बिउँतिन,धक्का लगाएकी थियौ!**खै के भयो तिमी पानी लिन गएको बेला,तिमी फर्केर आयौ,अनितिमीले अचानक खेलको नियम सोध्यौ! (२०७८-०७-०९)

पुरा पढ़नुहोस्
दसैंलाई सात वेब सिरिज

दसैंलाई सात वेब सिरिज

  • bichar@news
  • २६-आश्विन-२०७८ ३:१९ pm

काठमाडौं- सन् २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहानमा पहिलो पटक भेटिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकांस देशमा लकडाउन भयो । एक मानिसबाट अर्को मानिसमा भाइरस सर्ने भएकाले पनि विश्व स्वास्थ्य संगठनको सल्लाहअनुसार सामाजिक तथा भौतिक दुरी कायम गर्न...

दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

  • bichar@news
  • २६-आश्विन-२०७८ ३:०९ pm

खोटाङ- दसैं र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन्...

तराईमा सबैको साझा बन्दै दसैं

तराईमा सबैको साझा बन्दै दसैं

  • bichar@news
  • २६-आश्विन-२०७८ ३:०५ pm

महोत्तरी- महोत्तरी पशुपतिनगरका धनीराम महतो दसैंलाई पनि छठजस्तै रमाइलो गरी मनाउँछन् । पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसैंका लागि पनि विशेष योजना बनाउँछन् । आफूभन्दा ठुलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ ।...

म कसरी नास्तिक भएँ – भगतसिंह

म कसरी नास्तिक भएँ – भगतसिंह

–भगतसिंह १९३१ यो लेख भगत सिंहले जेलमा हुँदा लेखेका थिए र यो २७ सेप्टेम्बर १९३१ मा लाहौर को पत्रिका “द पीपुल” मा प्रकाशित भएको थियो । यस लेखमा भगतसिंहले ईश्वरको उपस्थितिमा अनेक तर्कपूर्ण प्रश्नहरु उठाएका छन् र यस संसार को...