धरान उपमहानगरपालिकाका मेयर 'हर्क साम्पाङ्'ले बालबालिकाहरु श्रमदान गर्न नआए फेल गरिने' चेतावनी दिएका छन् । उनको यो स्टाटस काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको 'शिक्षक तथा कर्मचारीलई दलिय आबद्धता छोड्न' जारी गरेपछिको फर्मान लगत्तै आएको हो । हर्क साम्पाङ्को यस्तो अभिव्यक्ति भने 'बालबालिका सम्बन्धी ऐन, २०७५' को विरुद्धमा देखिन्छ । यो ऐनको दफा ७ को उपदफा ६ ले प्रत्येक बालबालिकालाई हानि हुने वा तिनीहरुको शिक्षामा बाधा अड्चन पुग्ने वा स्वास्थ्य, शारीरिक, मानसिक, नैतिक, सामाजिक विकासमा हानि पुग्ने कुनै पनि कामबाट संरक्षित हुन पाउने अधिकार हुने' व्यवस्था गरेको छ । त्यस्तै उपदफा ७ ले बालबालिकालाई राजनैतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने भनेको छ । हेर्दा सामाजिक देखिए पनि हर्क साम्पाङ्को अहिलेको उद्देश्य भने चर्चामा रहनु भएको देखिन्छ । बालबालिकालाई आफ्नो रुचि, आवश्यकता र उमेर अनुसार बालमैत्री मनोरञ्जन पाउने अधिकार हुन्छ भने त्यही अनुसारको शिक्षा बालमैत्री वातावरणमा पाउने अधिकार हुन्छ । नैतिक शिक्षाको पठनपाठन बालबालिकाका लागि आवश्यक भएपनि उनीहरूलाई मानसिक एवं शारीरिक हिंसा अथवा पीडा हुने किसिमले दबाब दिनु ठिक होइन । सामाजिक कार्यहरु सहजरुपमा सम्पन्न गर्नका लागि स्थानीय सरकारको व्यवस्था ल्याईएको हो । स्थानीय पालिकाले आफूले गर्नुपर्ने कार्य श्रमदानका नाममा बालबालिकामाथि लाद्नु नेपाल पक्ष रहेका बालबालिका सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सन्धि, मानवअधिकार र ऐनहरुको ठाडो उल्लंघन हो । बालबालिकालाई विद्यालयस्तरबाट समयसमयमा सामाजिक कार्यहरुको निरीक्षण एवं अवलोकन गर्न लगाइ सिकाउनु र बालबालिकाको उमेर अनुसार उनीहरुलाई रचनात्मक कार्य गराई सिकाउँदा उनीहरुको मनमा समाज विकासको भावना र नैतिकताको विकास सँगसँगै हुनसक्छ । नेपालले २९ भाद्र २०४७ मा अनुमोदन गरेको 'बाल अधिकार सम्बन्धी महासन्धि'को धारा २८को उपधारा १ को (ङ) मा पक्षराष्ट्रहरुले विद्यालयबाट पढाइ छाड्ने विद्यार्थीको संख्या...
पुरा पढ़नुहोस्
काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा भाद्र १० गते देखी शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएका छन । प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले...
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले 'श्रीकृष्ण जन्माष्टमी' पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई 'श्रीकृष्ण जन्माष्टमी' र रातलाई 'मोहरात्री' भनिन्छ ।...
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री भारी मतान्तरले विजयी भएका छन । उनले प्रतिस्पर्धी प्रकाश बुढाथोकी भन्दा झण्डै चार गुणा बढी मत प्राप्त गरेका छन ।निर्वाचन समितिका अनुसार खत्रीले १ हजार २०५ मत प्राप्त गरेका...

