अनुवाद

चिया पिउनेहरु अरुभन्दा धेरै बाँच्छन् : अनुसन्धान

चियाका बारेमा १४ वर्षसम्म ५ लाख व्यक्तिहरुमा गरिएको भर्खरै सम्पन्न एउटा अनुसन्धानले चिया नपिउने व्यक्तिहरु भन्दा चिया पिउने व्यक्तिहरु केही समय धेरै बाँच्ने देखाएको छ । केही समय पहिले पाकिस्तानका एउटा नेताले जनतालाई चिया कम पिउन अनुरोध गरेका थिए । तर चियाले भने उमेर बढ्ने अनुसन्धानले देखाएको । यो अनुसन्धान भने कालो चियामा गरिएको हो । ग्रीन टी धेरै लोकप्रिय रहेका चीन र जापानमा यस्ता अनुसन्धानहरु पहिला पनि भएका छन् जसमा चियाका स्वास्थ्यवर्धक गुण पाईएका छन् । अहिले युनाईटेड किंग्डमा सबैभन्दा लोकप्रिय कालो चियाका बारेमा एउटा अध्ययन भएको छ । अमेरिकन नेशनल क्यान्सर इन्स्टिट्युटका वैज्ञानिकहरुले यो अध्ययन पछि यस्तो रोचक निष्कर्ष प्रस्तुत गरेका हुन् । वैज्ञानिकहरुले पाँच लाख भन्दा धेरै व्यक्तिको चियासँग जोडिएको बानीका बारेमा १४ वर्षसम्म उनीहरुसँग कुरा गरेर विस्तृत तथ्यांक निकालेका थिए जसको आधारमा यो अध्ययन गरिएको थियो । विश्लेषणका समयमा विशेषज्ञहरुले स्वास्थ्य, सामाजिक, आर्थिक स्थिति, धुम्रपान, मद्यपान, खानपान, आयु, नश्ल र लिंगका आधारमा पनि निष्कर्षमा अदलाबदली गरे । यो विशाल अध्ययनको निष्कर्ष यो निस्क्यो कि जुन व्यक्तिहरुले चिया धेरै पिउँछन् उनीहरुको बाँच्ने सम्भावना चिया नपिउने व्यक्तिहरुको भन्दा केही धेरै हुन्छ । अर्थात् हरेक दिन २ अथवा २ भन्दा धेरै कप चिया पिउने व्यक्तिहरुमा मृत्युको खतरा अरु व्यक्तिभन्दा ९ देखि १३ प्रतिशत कम हुन्छ । चियाको असरयो अध्ययन अनल्स अफ इन्टरनल मेडिसन नामक पत्रिकामा प्रकाशित छ । शोधकर्ताहरुले हृदयरोगसँग चियाको सम्बन्ध यो अध्ययनले केही स्पष्ट पारेको भएपनि क्यान्सरका बारेमा केही नभेटेको बताएका छन् । मुख्य शोधकर्ता माकी इनोऊ चोईका अनुसार क्यान्सरका कारण धेरै कम व्यक्तिहरुको मृत्यु भएको हुँदा ठोस सम्बन्ध नभेटिएको हुन सक्छ । फुड साइन्स बुझ्ने व्यक्तिहरु...

पुरा पढ़नुहोस्
कुन कुन देशमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ ?

कुन कुन देशमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ ?

कोस्टारिकाको सर्वोच्च अदालतको आदेशका अनुसार त्यहाँ २६ मेमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ । यसका साथै कोस्टारिका समलैंगिक विवाहलाई कानूनी रुपमा वैध बनाउनेवाला दक्षिण अमेरिकाको आठौँ देश बनेको छ । अहिले संसारमा कम्तिमा २९ देशहरुमा समलैगिक विवाहको अनुमति छ...

प्राइड मन्थ : समलैंगिक जोडीलाई आमाबुबाले छुट्याए, अदालतले बचायो ।

प्राइड मन्थ : समलैंगिक जोडीलाई आमाबुबाले छुट्याए, अदालतले बचायो ।

भारत । आदिला र फातिमाका मातापिताले दुवैलाई जबर्जस्ति एकअर्कासँग अलग गरेका थिए तर एउटा बन्दीप्रत्यक्षीकरणको मागमा सुनुवाई गर्दै केरलको उच्च अदालतले उनीहरुलाई फेरि एक बनाएको छ । २२ वर्षकि आदिला नाजरीन र फातिमा नूरा पहिला साऊदी अरबमा बस्दथे । पाँचवर्ष...

वेश्यावृत्तिको ४४०० वर्षदेखिको इतिहास

वेश्यावृत्तिको ४४०० वर्षदेखिको इतिहास

भारतमा २९०० वर्षअघि देखि चलिरहेको वेश्यावृत्ति एउटा पेशा हो । संसारमा ४४०० वर्ष पहिला मेसोपोटामिया सभ्यताको बेबीलोन शहरमा वेश्यावृत्तिको शुरुवात भएको थियो । यसपछि फरक फरक संस्कृतिमा समयका साथ फरक फरक तरीकाले वेश्यावृत्ति कायम रहेको पाइन्छ । भारतमा लामो समयदेखि...

सन् २०२२ का उत्कृष्ट १० वायरलेस इयरबड्स

सन् २०२२ का उत्कृष्ट १० वायरलेस इयरबड्स

सारांश सूची१. प्रिमियम पिक : सोनी डब्लुएफ १०००एक्सएम४ (८.५०।१०)२. इडिटर्स चोइस : सेनहाइजर मोमेन्टोम टिडब्लु३ (८.००।१०)३. बेस्ट भ्याल्यु : जब्रा एलिट ३ (८.००।१०)४. गुगल पिक्सेल बड्स ए सिरिज (८.००।१०)५. जब्रा एलिट ७ प्रो (७.००।१०)६. एंकर साउण्डकोर लिबर्टी ३ प्रो (८.५०।१०)७....

भारतमा हिन्दू राजाहरुले नै चोर्थे मूर्ति, नष्ट गर्थे मन्दिर

भारतमा हिन्दू राजाहरुले नै चोर्थे मूर्ति, नष्ट गर्थे मन्दिर

यतिबेला भारतमा काशी क्षेत्रको ज्ञानवापी र मथुराको ईदगाह मस्जिद विवादमा छन् । हिन्दू पक्षले अयोध्यामा झैँ हिन्दू मन्दिर भत्काएर मुस्लिम शासकहरुले यहाँ मस्जिद बनाएका थिए, त्यो ऐतिहासिक भूललाई सुधार्नुपर्छ भनिरहेका छन् ।यो लेखमा मन्दिर लूटपाट, विध्वंस र नयाँ स्थापनाको इतिहासलाई...