कास्कीमा मतपेटिकालाई लात्ती हानेर ‘संसदीय चुनाव बहिष्कारको नारा’

कास्कीमा मतपेटिकालाई लात्ती हानेर ‘संसदीय चुनाव बहिष्कारको नारा’

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेकपा बहुमत पार्टीका कार्यकर्ताले मतदानस्थलभित्रै चुनाव बहिष्कारको नारा लगाएका छन् ।

आइतबार बिहान पौने १० बजे माछापुच्छ्रे–८ तारेबराह आधारभूत विद्यालय मतदान केन्द्र पुगेका उक्त पार्टीका कार्यकर्ता सूर्य परियारले मतपेटिका लात्तीले हानेर फालेपछि नारा लगाएका हुन् ।

‘प्रतिनिधिसभाको मतपत्रमा छाप लगाएर बाकसमा नखसाली मतपेटिकामा लात्तीले हानेर फाले । त्यसपछि संसदीय चुनाव बहिष्कार गरौँ भन्दै नारा लगाएका थिए,’ स्थानीय ऋषि गौतमले विचारसँग भने ।

माछापुच्छ्रे–९ बस्ने ३२ वर्षीय परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुचुल्का उठाएर सवा ११ बजेदेखि मतदान पुनः सुरु भएको थियो । माछापुच्छ्रे गाउँपालिका कास्की क्षेत्र नम्बर ३ मा पर्छ ।