पर्यटन

पर्यटन बोर्डका सीइओ रेग्मीले सार्वजनिक रुपमा अयोग्य घोषणा गरेका बोर्ड सदस्य को-को हुन् ?

  • bichar@news
  • ०८-फाल्गुण-२०७९ ४:५८ pm

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बोर्ड सदस्य अयोग्य रहेकै कारण योजना अनुरुप काम गर्न नसकेको बताएका छन् । उनले निजी क्षेत्रबाट नियुक्त भएका बोर्ड सदस्य परिवर्तन नभएमा आफू राजीनामा दिन तयार रहेको पनि बताए।   ‘ओहो ! यो जागिर जान्छ भन्ने मलाई माया छैन। अहिलेको अवस्थामा बोर्ड सदस्य फेरिएन भने म राजीनामा दिन तयार छु,’ उनले भने,’ पाँच जनामध्ये एक जना पत्रकार छन्। वहाँले पर्यटनको ‘प’ पनि बुझ्नुभएको छैन। एकजना होटलमा जन्मनुभएको त्यसकारण पर्यटन व्यवसायी रे। तेस्रो सदस्य राजनीतिमा आबद्ध हुनुहुन्छ। उहाँले राज्यलाई वर्षमा दुई रुपैयाँ राजस्व तिर्नुहुँदैन।’ शुक्रबार आयोजित मन्त्रिस्तरीय कार्यक्रममा सीइओ रेग्मीले आपत्ति जनाउँदै बोर्डका सदस्यलाई लिएर गुनासो पोखेका हुन्। बोर्डमा आबद्ध सदस्यबाट उब्जिएको राजनीतिका कारण पर्यटन प्रवर्द्धन लक्षित काम कारवाही अगाडि बढाउन नसकिएको उनले जिकिर गरे। उनले सीइओले बोर्ड सदस्यको चाकडी गरेर बस्नुपर्ने अवस्था रहेको बताउँदै एउटा माइनुट लेख्‍न पनि बार्गेन गर्नुपर्ने अवस्था रहेको बताए। ‘आज पनि हामीले अन्तर्राष्ट्रिय अनलाइन प्लाटफर्ममार्फत बुकिङ गर्छौं। जसले गर्दा १३ प्रतिशत रकम विदेसिन्छ। सेन्ट्रल बिजनेस प्लेटफर्म बनाउन तीन करोड रुपैयाँ छुट्याएको थिए। तर, कर्मचारी उचालिए। नकारात्मक सन्देश प्रवाह गरियो,’ उनले भनेका छन्,’७० प्रतिशत रकम पर्यटन प्रवर्द्धनमा खर्च गरौं भनें। तर, उहाँहरुले एक अर्ब ११ करोडको बजेट बनाउँदा २५ करोड रुपैयाँ प्रवर्द्धन र अरु मठमन्दिरमा राखिदिनुभयो।’ NTB CEO Regmi धनञ्जय रेग्मीले पोलेका बोर्ड सदस्य को हुन् ? सार्वजनिक रुपमा सीइओ रेग्मीले पोलेका व्यक्ति कृष्ण शाह, चन्द्र रिजाल र मिलन देवकोटा हुन्। यी तीनै जना बोर्ड सदस्य रेग्मीका विरुद्धमा छन्। देवकोटा बोर्ड सदस्य नियुक्त हुनुअघि अनलाइन मिडिया नेपाल प्रेसमा मार्केटिङमा काम गर्थिन्। नेपाल प्रेस युनियनमा रहेकी देवकोटा पर्यटनमन्त्री प्रेम आलेका पालामा नियुक्त भएकी...

पुरा पढ़नुहोस्
दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

  • bichar@news
  • २६-आश्विन-२०७८ ३:०९ pm

खोटाङ- दसैं र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो अवसरलाई अविश्मरणीय बनाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई खोटाङका पर्यटकीय स्थलहरूले पर्खिरहेका छन्...

गणतन्त्रले उजाडेको तामाङ् समाज र नेपाली गलैँचा

गणतन्त्रले उजाडेको तामाङ् समाज र नेपाली गलैँचा

ओली सरकार विरुद्धमा प्रचण्ड/माधवकुमार नेपाल समुहले आन्दोलन गर्दाताका एकजना छिमेकी दाजुसँग भृकुटीमण्डपमा जम्काभेट भयो, मैले सोधेँ कता दाजु ? उहाँले हाँस्दै जवाफ दिनुभयो "उहि प्रतिगमन विरुद्धमा आन्दोलन क्या भाइ…!" पुरै जीवन नै आन्दोलन भन्दै दौडिँदै बित्ने भयो भन्दै फिक्का मुस्कुराउँदै...

अर्को नेपाली ब्राण्ड : हाँसो

अर्को नेपाली ब्राण्ड : हाँसो

पर्यटन क्षेत्रमा नेपाली हाँसो एउटा शक्तिशाली ब्रान्ड नै बनिसकेको छ । तर, हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौँ । तस्बिर : निरज सेढाई सन् २०१७ मार्चतिर । दिगो पर्यटनबारे अध्ययन गर्न जापानी अनुसन्धानकर्ता र विद्यार्थीको एउटा टोली सोलुखुम्बु आएको थियो...

भारतले महाकाली नदीमा बनाउँदै गरेकाे तटबन्ध तत्काल राेकिनुपर्छ

भारतले महाकाली नदीमा बनाउँदै गरेकाे तटबन्ध तत्काल राेकिनुपर्छ

२०७० साल असारको पहिलो साता अविरल वर्षा र तत्पश्‍चात् महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाममा १ सय ५० भन्दा बढी घर बगाएको थियो । नेपालमा बाढीका प्रमुख कारणहरूमा क्लाउड आउटब्रर्स्‍ट, जलवायु परिवर्तन र तापमानमा वृद्धिका कारण हिमनदीहरू शीघ्र पग्लनु, कमजोर...

विकास आवश्यकता, वातावरण विलासिता ?

विकास आवश्यकता, वातावरण विलासिता ?

हामीले विकासलाई आवश्यकता र वातावरणलाई विलासिता मान्यौँ, यही सोचले प्रदूषण घातक स्तरमा पुर्याएको छ चैतको दोस्रो साता ललितपुरको पुल्चोकमा सडक पार गरेर पाटन जाने आकासे पुलमा कम्तीमा पनि एक दर्जन फोहोरका थुप्रा गन्दै गर्दा उपत्यकाको आकाश तुवाँलोले ढाकिरहेको थियो । म...