विचार

जीवनकाव्य दर्शन कला

जीवनका केही क्षणहरूलाई, केही काललाई हामी अध्याय भन्छौँ, यसर्थमा जीवन एउटा काव्यको रूपमा परिभाषित हुनपुग्छ । जीवन बाँच्नु भनेको काव्य बाँच्नु र एउटा काव्य निर्माण सँगसँगै गर्नु हो । हाम्रा पुराना काव्यचिन्तकहरूले वीर,श्रृङ्गार जस्ता रस काव्यमा प्रधान हुनुपर्छ भनेका छन् ।वीर श्रृङ्गार मात्रै नभएर करुण पनि प्रधानरस हुनसक्छ काव्यमा भनेर 'उत्तररामचरित' साहित्याकाशमा उदाएन मात्रै, अत्यन्त चहकिलो नक्षत्र भएर बसिरह्यो । मैले बाँचिरहेको जीवनमा वीर/करूण रसको प्रधानताले श्रृङ्गारलाई कल्यापकुलुप पारेको छ । बुबा भन्नुहुन्छ 'व्याकरण पढेको भएपनि बोल्दा साहित्य बोल्ने गर्' तर म साहित्य बोल्न सकिनँ । मलाई अर्धमात्रा लाघव हुँदा पुत्रोत्पन्नको खुशी प्राप्त हुन्छ, म साहित्य बोल्ने कुरै आउँदैन । म जीवन-काव्यको पछिल्लो अध्यायमा कलाप्रति आकर्षित मनोभावनाले डोर्‍याएर कलापथमा अग्रसर भएको पाइरहेको छु । कलापथमा आवृत्त हुनुको अन्तर्य कलाको सीर्जना मात्रै नभएर त्यसको हार्दिक स्वागत र अभ्यर्थना पनि हुनसक्छ भन्नेकुरा पक्कै पनि मेरा पाठकले बुझेका छन् । मेरा विचार ग्रन्थिहरू मृत्युउपरको रौँचिरा दर्शनखाँतिर आफ्ना सोचनीय शक्तिलाई प्रयोग गरि शिथिलाउनमा व्यस्त थिए । शिथिलाईको गोलो प्रकृतिलाई कलाले नयाँ आयाममा रेखा खिचिदिएको छ । प्रकृतिको गोलो सिर्जनामा सीधा-सीधा धर्सा तान्नु नै कलाको पहिलो चरण हो, कलाको सीर्जना हो । कला त्यहाँ पैदाउँछ । `तर मेरो कला भन्नू त्यस अनन्तताको फगत एक सानो धर्सो मात्र हो´ यस्तो विचार ओर्लिएको एक सन्ध्यामा मैले शंकर लामिछानेलाई पढेँ । उनको विचार ठुँगाई र मेरो विचार ठुँगाईले समानान्तर सीधा धर्साहरू तानिरहेका रहेछन् । शंकर भन्छन् :- 'वास्तवमा प्रकृतिको रचना शैलीबाट अलग हुनु नै कला हो । ……..हाम्रो आफ्नो व्यक्तिगत विचार-प्रवाह त्यस अनन्तताको एक सानो धर्सो मात्र हो ।' अनन्तताको शारदीय धिप्कोले अन्तरमा कुनै शिखालाई स्पर्श गर्दछ र...

पुरा पढ़नुहोस्
दशैँ कसको ? दशैँको टीका र झांग्जुंग सभ्यता – मोहन लामा रुम्बा

दशैँ कसको ? दशैँको टीका र झांग्जुंग सभ्यता – मोहन लामा रुम्बा

  • bichar@news
  • ०९-आश्विन-२०७९ ६:४८ pm

दहीमा अक्षता मुछेर टीका लगाउने परम्परा कसको ? उच्च हिमाली क्षेत्रमा मात्रै उम्रने जौं को जमरा लगाएर टीका लगाउने परम्परा कसको ? हाम्रो लामाले ह्लो छारमा आफ्नो स्टदेवलाई जौं को जमरा चढाउने ! जौं को सातु (चम्पा) हिमालको टाकुरोमा गएर...

यौन दुराचारको मानसिकता – वैज्ञानिक विश्लेषण

यौन दुराचारको मानसिकता – वैज्ञानिक विश्लेषण

लेखक : सुशील देवकोटा मैले यो लहरोमा वैज्ञानिक रुपमा रेप भैरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ त्यो लेख्ने छु। रेप मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। उमेर नपुगेका मान्छेसँग यौन कृयाकलाप किन...

बालबालिकालाई स्नेहले सिकाउनु पर्छ

बालबालिकालाई स्नेहले सिकाउनु पर्छ

धरान उपमहानगरपालिकाका मेयर 'हर्क साम्पाङ्'ले बालबालिकाहरु श्रमदान गर्न नआए फेल गरिने' चेतावनी दिएका छन् । उनको यो स्टाटस काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको 'शिक्षक तथा कर्मचारीलई दलिय आबद्धता छोड्न' जारी गरेपछिको फर्मान लगत्तै आएको हो । हर्क साम्पाङ्को यस्तो अभिव्यक्ति...

कालीकाे वास्तविक स्वरुप के हाे ?

कालीकाे वास्तविक स्वरुप के हाे ?

‘काली’को तात्पर्य हो ‘काल’की अर्धाङ्गिनी । भगवान् शिव काल स्वरुप (संहार स्वरुप) हुनुहुन्छ । त्यसैले भगवान् शिवकी पत्नी आद्याशक्ति जगदम्बा नै ‘काली’ हुनुहुन्छ । ‘काली’ को तात्पर्य – जीवनमा आउने हर प्रकारका शत्रुलाई प्रबल रुपमा प्रहार गर्नेवाली वा शत्रुको विनाश...

ब्राह्मण गुरुको आत्मालाप

ब्राह्मण गुरुको आत्मालाप

जीवनमा कहिल्यै नसोचेको, कल्पनैनगरेको स्थितिमा आइपुग्दा एकप़ल्ट त नेत्रलाल ज्ञवालीको मन नराम्ररी आँत्तिएको थियो। बिस्तारै आफूलाइ सम्हाले र आफ्नै विगत सम्झन थाले। पर्दामा चलचित्रका दृश्यहरू आएसरी विगतका दृश्यहरू झलझलि आउनथाले। सत्यावती गाउँपालिका-४ (गुल़्मी) मा वितेका बाल्यकाल र किशोरावस्था सम्झे। खेतिपाति गरेर...