यौन दुराचारको मानसिकता – वैज्ञानिक विश्लेषण

यौन दुराचारको मानसिकता – वैज्ञानिक विश्लेषण

लेखक : सुशील देवकोटा

मैले यो लहरोमा वैज्ञानिक रुपमा रेप भैरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ त्यो लेख्ने छु। रेप मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। उमेर नपुगेका मान्छेसँग यौन कृयाकलाप किन वैज्ञानिक रुपमा गैर कानूनी हो भनेर बुझ्न मेरो पुरानो लेख पढ्नु होला।

लेखक

अँग्रेजी जानेका-बुझेका हरुको लागी विज्ञानको कुरा is just a click away. तर अँग्रेजी भाषा नजानेर नै कति विज्ञानमा रुचि राख्ने मान्छेले ज्ञान पाउन्नन्। मैले लेख लेख्ने ती मान्छेको लागी हो।

अहिले एउटा रेप केस आएपछि धेरै मान्छेको कुरा पढेँ। आफ्नो विषयमा जान्ने भनिएका so called बुद्धिजीवि पनि चिप्लिएको देखेँ। तर ठिकै छ, रेपको मनोविज्ञान हाम्रो कोर्समा पढाईन्न त्यसैले एक पटकलाई मलाई थाह छैन भन्न मिल्यो। तर अब यो लेख पछि पनि rape apologists अएभने समाजमै समस्या छ भनेर बुझ्नु पर्यो। समाजमा केही बुझाउनु पर्यो भनेर मैले रात-दिन लगाएर यो लेख लेखेको छु, सकेसम्म धेरै मान्छे सम्म पुर्याउन सहयोग गर्नु होला। ल मलाई आफ्नै तालमा रमाउन दिनुहोस्। Happy reading!

यौन दुराचारको बेला दिमागमा के भैरहेको हुन्छ? खासमा मलाई यस्तो लहरो लेख्न मन थिएन तर बेला-बेलामा भैरहने घटनाहरुले मलाई यो लहरो लेख्न बाध्य बनायो। मैले केही दिन त कुरेँ, तर कतैबाट पनि चित्त बुझ्दो कुरा/लेख रचना नआएपछि मैले आफै लहरो लेख्न लागेँ।

मैले यो लहरोमा वैज्ञानिक रुपमा रेप भैरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ त्यो लेख्ने छु। रेप मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। उमेर नपुगेका मान्छेसँग यौन कृयाकलाप किन वैज्ञानिक रुपमा गैर कानूनी हो भनेर बुझ्न मेरो पुरानो लेख पढ्नु होला।

भाषाको ज्ञान मेरो बलियो पाटो नभएकोले त्यो मामलामा मलाई माफ गरिदिनु होला। अर्को कुरा, यौन दुराचार गर्नेमा पुरुष धेरै जस्तो देखिन सक्छ यो लहरोमा। तर यौन दुराचार महिलाले पनि गर्न सक्छिन् भन्ने मलाई ज्ञान छ। रेप महिला/पुरुषले गर्ने नभएर रेपिष्टले गर्ने हो,तै पनि किन पुरुषले मात्र गर्छन् भनेर लेखिस् भनेर गाली नगर्नुहोला भनेर यो disclaimer राख्न चाहन्छु।

यो लेख ३ ग्रुप प्रति लक्षित छः यौन दुराचारको भुक्त भोगी, छानबिन गर्ने निकाय (पुलीस) र कानून बनाउने निकाय ।

पहिलोः यौन दुराचारको भुक्तभोगीः धेरै जसो यौन दुराचार भोगेका मान्छेहरु आफ्नो गल्ती नभएपनि guilt मा बाँचेको देखिन्छ। जस्तैः मैले अल्ली बल गरेर हुन्न भनेको भए मलाई रेप गर्दैनथ्यो कि? मैले चिच्याएको भए रेप गर्दैनथ्यो कि? ढोकामा चुकुल नै लगाएको थिएन तर पनि म किन भागिँन? गल्ती त मेरै हो जस्ता सोच आएर आफैलाई दोष दिन्छन्।

तर म यो लेखमा तपाईले किन ती माथि भनिएका कुराहरु गर्नु भएन भनेर एकदमै बलियो र वैज्ञानिक कारण दिनेछु। खासमा विज्ञानले के पुष्टि गरिसकेको छ भने रेप भैरहेको बेला तपाईको शरीर auto pilot मा गै सकेको हुन्छ, के गर्ने र नगर्ने तपाईको वशमा हुन्न। तपाई नचिच्याएको, रेप गर्न नरोकेको, ढोका खोलेर नभागेको तपाईको गल्ती हैन, आफूलाई दोष नदिनुस्। यो त प्रकृतीले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएको कारणले त्यसो भएको हो। तर वैज्ञानिक कारण थाह नभए पछि हामी आफैलाई दोष दिन्छौँ। दोष त रेप गर्ने मान्छे को हो। अर्के कुरा यो लहरो अनुसन्धान गर्ने निकाय पुलीस प्रतिपनि लक्षित छ। जस्तै कुनै महिलाले आएरः

मलाई मेरो boyfriend ले दिऊँसै कोठामा रेप गर्यो भनेर उजुरी दिईन् भने तपाईले केरकार गर्न यी प्रश्न सोध्नु हुन्छः दिऊँसै? अनि त्यो कोठा त बाटोको छैउ मै छ, किन नचिच्याएको? मान्छेले सुनेर बचाई हाल्थे नि! कतै पहिला सहमतीमा यौन सम्पर्क भयो अब अहिले कुरा नमिलेर आरोप लगाएको त हैन?

खासमा यो हो secondary abuse भनेको। धेरै यौन दुराचारका भुक्तभोगीहरु secondary abuse हुन्छ भनेर अगाडी आउन हिच्किचाऊँछन्। हो, सबै यौन दुराचारका आरोप सत्य हुन्नन्। त्यसमा पनि हामी सजग हुनु पर्छ। म यो लहरोमा पुलीसले कसरी neuroscience मा आधारित भएर प्रश्न सोध्नु पर्छ भनेर लेख्ने छु।

धेरै मान्छे नजिकै भएपनि ती महिला नचिच्याउनुमा वैज्ञानिक कारण छ।त्यसैले पुलीसले यी केसमा साधारण दिमागले सोच्ने प्रश्न गर्ने नै हैन। त्यसलाई trauma centric investigation भनिन्छ र त्यो भनेको के हो भनेर पनि म लेख्ने छु।

अन्तयमा यो लहरो कानून बनाउने निकाय प्रति लक्षित छ, समयको हदबन्दीको बारेमा। विज्ञानले के भन्छ भने यी केसमा सकेसम्म लामो समय दिनु पर्छ। हुन त रेपको भौतिक प्रमाण नष्ट हुने हुनाले छोटो समय राख्नु पर्छ भन्ने सुनिन्छ जो एक हदसम्म ठिकै हो तर neuroscience ले के भन्छ भने रेप भएको मान्छेले दिमागमा राख्ने सूचना साधारण मान्छेको जस्तो हुन्न।

Investigation गर्दै जाँदा पुलीसले चलचित्रको पटकथा जस्तो सलल बगेको घटना क्रम खोज्न सक्छ। साधारण अवस्थामा त्यो मनासिब हो । जस्तै तपाईले आफूलाई मन परेको मान्छेले के लगाएको थियो, के खायो सबै सोधेमा सजिलै सलल उत्तर दिन सक्नु हुन्छ किनेभने सामान्य अबस्थामा दिमागले ती सुचना मिलाएर चाँग लगाएर राखेको हुन्छ (continuous information) खोज्ने बित्तिकै फटाफट निस्किने गरेर।

तर जो ब्यक्ति माथि रेप हुन्छ (fear को अवस्थामा) दिमागले सुचना टुक्रा-टुक्रा गरेर राख्छ (fragmented information) औपचारिकता छोडेर साँच्चै न्याय दिने हो भने त्यो सूचना investigating authority ले बाहिर निकाल्नु पर्छ। रेप victim ले दिने सूचना त्यसैले टुक्रा-टुक्रा परेको हुन्छ किनभने ती सूचना दिमागले नै त्यसरी राखेको हुन्छ।

अब दिमागमा रहेको त्यो सूचना कसरी बाहिर निकाल्ने भन्ने कुरा ब्यक्ति-ब्यक्तिमा फरक पर्छ अनि प्रश्न गर्ने निकाए कत्तिको वैज्ञानिक तरिकाले प्रस्तुत हुन्छ त्यसमा भर पर्छ। हो केही ब्यक्तिले छिटै सूचना दिन सक्छन् तीनलाई छोटो समयको हदबन्दी ठिकै होला, तर ब्यक्तित्व अनुसार कसैलाई २ वर्ष र कसैले त जिन्दगी भरि नै ती सूचना बाहिर निकाल्न सक्दैनन्। तर त्यो उनीहरुको इच्छा हैन, दिमागले नै त्यसरी राखेको हुन्छ सूचना। पुलीसले यो मनोविज्ञान बुझ्नु पर्छ। कसैले चिटिक्क पारेर मिलाएर घटनाक्रम बताउन सकेन भन्दैमा यो आरोप झुटो रैछ भनेर अविश्वास गर्न हुन्न।

Trauma centric investigation कसरी गर्ने भन्ने बारेमा पनि म यहाँ लेख्ने छु (हुन त मैले पुलीसलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन खोजेको हैन, त्यो मेरो हैसियत पनि हैन, तर केही वैज्ञानिक आधार मात्र भन्न खोजेको हो)। अब विज्ञानको पाटोमा जाऔँ।

हामी मान्छे भएको हाम्रो चेतनाले हो जुन सँसारमा अरु कुनै प्राणीमा मान्छेको जती छैन। हाम्रो दिमागमा प्रत्येक कार्यको लागी केही भागहरु छुट्टाएको हुन्छ। ती मध्ये आजको लहरोमा महत्वपूर्ण २ भागका कुरा गरौँ (तल चित्र)। पहिलो भागको नाम Prefrontal Cortex (PC) हो भने दोस्रो भागको नाम

amygdala हो। मेरो पुरै लेख यी दुई दिमागको भाग वरिपरि घुम्ने छ। बलात्कारको मनोविज्ञान पनि यी दुई दिमागको भागबाटै ब्याख्या गर्न सकिन्छ। Prefrontal Cortex अथवा PC साँच्चिकै personal computer (PC) जस्तै हो। यसलाई हाम्रो दिमागको हाकिम पनि भनिन्छ किनभने यसले executive function गर्छ।

हामी मान्छे मान्छेको रुपमा प्रस्तुत हुने यही PC को कामले हो। हामीले सोच्ने, planning गर्ने, consequences को बारेमा विवेचना गर्ने सबै यही prefrontal cortex ले हो। यो literally हाम्रो दिमागको CPU हो।

जस्तै : हाम्रा बच्चा बच्चीले हामीलाई दिक्क लगाएभने हामी सम्झाउन खोज्छौँ तर रिसैले हात-खुट्टा भाँच्दैनौँ। किनभने हाम्रो prefrontal cortex ले हामीलाई ती हाम्रा बच्चा हुन्, त्यसो गर्नु हुदैन भनिरहेको हुन्छ। भनेपछि हाम्रो normal condition मा हुनुपर्ने कामको जिम्मा prefrontal cortex ले लिएको हुन्छ।

मैले यस्तो गरेँ भने त्यसको परिणाम यस्तो हुन्छ भनेर विवेचना गर्ने भाग पनि यही नै हो। मैले पुरानो लहरोमा कसरी बयस्क नहुँदासम्म यो भाग पूर्णरुपमा बिकाश भएको हुन्न त्यसैले टिनयजरहरु के गरेमा त्यसको परिणाम के हुन सक्छ भनेर राम्रोसँग आँकलन गर्न सक्दैनन्, त्यसैले हामी उमेर पुगेकाहरुले उनीहरुलाई यौन दुर्ब्यबहारबाट बचाउने कर्तब्य हो भनेर लेखिसकेको छु

अब दिमागको अर्को भागको बारेमा जसलाई amygdala भनिन्छ। यो भाग दिमागको fear centre हो अथवा “डर”को केन्द्र हो। Amygdala ले चलाउने प्रकृयालाई “the fear circuitry” भनिन्छ (तल चित्र)। डर शब्द सुन्दा एक प्रकारको कमजोरी हो जस्तो लाग्छ किनभने

हामी भन्ने गर्छौँ-कस्तो डरछेरुवा रैछ। तर, मानव विकाशको ईतिहाशमा डर अथवा fear को ठूलो भूमिका छ। अहिले पो मान्छेले सँसारमा हैकम चलाएर बसेको छ। परापूर्व कालमा मान्छे अरु डरलाग्दा जनावरहरुसँग बस्थ्यो, त्यो बेला predators बाट बच्न fear अथवा डरको ठूलो भुमिका थियो।

त्यो डरलाई सँचालन गर्ने दिमागको भाग amygdala हो। डर नभएका प्राणी आफ्नो predators सँग नजिकै जान्छन् अनि मारिन्छन्। त्यसो हुन नदिन प्रकृतिले fear सँचालन गर्न दिमागमा छुट्टै amygdala बनाएको छ। अब म यो लहरोको सबैभन्दा महत्वपूर्ण लाईन लेख्न गईरहेकोछु जो बलात्कारको मनोविज्ञानको सवालमा सबैभन्दा महत्वपूर्ण छः prefrontal cortex र amygdala एक अर्काका दुश्मन हुन्, एक अर्कालाई दवाएर राख्न खोज्छन् र यो वैज्ञानिक तथ्य नै यौन दुराचारको मनोविज्ञानको केन्द्र हो।मैले माथि नै भनिसकेँ, prefrontal cortex ले हामीलाई सामान्य अवस्थामा smart decision लिन काम गर्छ। सामान्य

अवस्थामा amygdala शान्त हुन्छ तर अबस्थालाई scanning गरिरहेको हुन्छ। यो हाम्रो शरीरको fire-alarm जस्तै हो। Fire alarm पनि शान्त हुन्छ तर धुवाँ आउने बित्तिकै कराउन थाल्छ, त्यसै गरेर amygdala पनि खतराको सँकेत आउने बित्तिकै आफ्नो काम शुरु गर्छ।

Amygdala को पहिलो काम prefrontal cortex लाई बन्द गर्नु हो। हेर्नुस् है, मैले एकदमै महत्वपूर्ण कुरा भनेँ, याद गर्नु होला। खतराको सँकेत आउने बित्तिकै हाम्रो दिमागको reasoning गर्ने, analysis गर्ने, सोच-विचार गर्ने भाग बन्द हुन्छ। रेपलाई पनि शरीरले त्यसरी नै खतराको रुपमा लिन्छ र शरीरले prefrontal cortex बन्द गर्छ।

Prefrontal cortex बन्द भएपछि दिमागले राम्रोसँग सोच्न सक्दैन र शरीर auto-pilot मा जान्छ। यो तपाईको ईच्क्षा हैन, तपाईले जानी-जानी auto-pilot मा पठाउने हैन। यो त हज्जारौँ बर्ष देखिको evolution को फल हो। यही वैज्ञानिक तथ्यको आधारमा रेप भएकी महिलाले किन यस्तो गरिन? किन भागिन?

किन चिच्याईन? किन रेप भै सकेपछि पनि रातभरि सँगै सुतिन्? किन अनुसन्धान गर्दा वयान चिटिक्क मिलेको कथा जस्तो भएन? किन भोली नै गएर पुलीसलाई उजुरी गरिन? किन १५ दिन पछि अथवा १५ महिना अथवा १५ वर्ष पछि उजुरी आयो? यी सब प्रश्नको पुरा उत्तर यो लहरोमा दिन्छु। चिन्ता नगर्नुस्! यी सबको वैज्ञानिक कारण छ र त्यो सबै amygdala को कामसँग गएर ठोक्किन्छ।

मैले धेरै चोटी भने, खतराको सँकेत पाउने बित्तिकै amygdala ले fear circuitry activate गर्छ जस्ले prefrontal cortex बन्द गर्छ, त्यसको अर्थ हो smart decision लिने काम बन्द हुन्छ। एकदमै सामान्य काम पनि गर्न सक्दैन prefrontal cortex ले। अमेरिकामा एउटा उदाहरण नै छ, fear को बेला कतिसम्म सामान्य काम पनि गर्न सक्दैन दिमागले भन्ने।

२ महिला घरमा बसिरहेको बेला अचानक अर्को मान्छे घरमा छिरेछ। दुबै महिला डराए। एउटा महिलाले अर्को महिलालाई भनिन्ः छिट्टो 911 मा कल गर। अर्को महिलाले सोधिन्ः 911 को नम्बर कति हो? हेर्नुस् है, अमेरिकीमा 911 को नम्बर बच्चै देखि सिकाएको हुन्छ, सबैलाई थाह हुन्छ। तर fear को बेला मान्छेले prefrontal cortex बन्द भएर राम्रोसँग सोच्न नसकेर 911 को नम्बरमा समेत झुक्किन्छ जुन साधारण अवस्थामा हाँस्यास्पद हो। रेप भएको ब्यक्तिलाई ठाडै किन यो

र ऊ गरिनस् भनेर प्रश्न गर्नु पनि त्यही हो। रेपको बेला prefrontal cortex बन्द भएर उसले smart decision लिन सक्दैन। त्यसैले पुलीसले प्रश्न गर्दा साधारण समयको उत्तरको अपेक्षा गर्ने हैन। रेप victim को prefrontal cortex बन्द भएको हुन सक्छ र हामीले उत्तर पनि त्यही अनुसार अपेक्षा गर्नु पर्छ भनेर गरिने investigation लाई नै trauma centric investigation भनिन्छ। अब, fear circuit शुरु भएपछि ४ वटा मुख्य कुरा हुन्छ (तल चित्र)

१) prefrontal cortex बन्द हुन्छ जुन कुराको मैले माथि नै चर्चा गरिसकेँ। २) survival reflex ३) self-protection habits ४) altered memory encoding and consolidation. धेरै अँग्रेजी देखेर नआत्तिनु होला, सबै कुराको ब्याख्या म गर्छु।

अब पक्कै तपाईको मनमा एउटा प्रश्न आएको छः fear हुँदा प्रकृतीले हामीलाई राम्रोसँग सोच्न सक्ने prefrontal cortex बन्द गरेर auto-pilot वाला fear circuitry किन activate गर्यो। त्यो गरेभने हामीलाई के फाईदा भयो त? अब त्यसको ब्याख्या दोस्रो survival reflex को कुरा बाट शुरु गरौँ।

के तपाईले deer in the headlight को कुरा सुन्नु भएको छ? (तल चित्र)। यो के हो भने जरायोहरु बाटो काट्दा गाडीको हेडलाईट अगाडी परे भने भाग्न छोडेर टक्क त्यही freeze हुन्छन्। यदि गाडीको स्पिड कन्ट्रोल छैन भने ठोकिएर मर्छन्। यो त २ नम्बरको कुरा अनुसार त उल्टो पर्यो, survival हुनु पर्नेमा त जरायो मर्यो।

तर, प्रकृतिमा त यसले survival मा सहयोग गर्छ। यो प्रकृयालाई freeze-flee-flight भनिन्छ (see pic below) ।

तपाईले fight or flight भन्ने त सुन्नु भएकै होला, जसको अर्थ हुन्छ सकेसम्म fight गर्ने नभए भाग्ने। तर प्रकृतिमा freeze-flight-fight हुन्छ जो कुरा amygdala ले शुरु गर्छ। त्यसको फाईदा के भयो त?

प्रकृतिमा खतराको सँकेत आएपछि जनावर freeze गर्छ, भन्नाको मतलव शरीर नचलाएर एकैठाऊँमा बस्छ। त्यो गर्नु भनेको distract नभएर आँखा र कानको प्रयोग गरेर खतरा कताबाट छ स्कान गर्ने हो। शरीरको पुरै शक्ति चल्न छोडेर त्यही scanning मा खर्च हुन्छ। त्यसैले fear को पहिलो result body freeze हुनु हो।

Body freeze भएपछि सुचना सँकलन हुन्छ अनि त्यही सुचनाको आधारमा flight हुन्छ अथवा भाग्ने काम हुन्छ। भाग्ने अवस्था नभएपछि ज्यान जोगाउन fight गर्नु पर्छ। अब मुख्य कुरा, रेप भैरहेको बेलापनि fear circuitry शुरु भएपछि शरीर freeze हुन्छ।

हो, अब एकदमै-एकदमै-एकदमै महत्वपूर्ण कुराः यो केटीले सहमती मै यौन सम्पर्क गरेको हो, कुनै प्रतिबाद गरिन सम्भोग गर्दा सम्म भन्ने हरुको वैज्ञानिक उत्तर यही होः रेप भै रहेको बेला प्रतिबाद भन्ने हुन्न, body auto-pilot मा गैसकेको हुन्छ, freeze भै सकेको हुन्छ।

त्यो सहमति हैन, त्यो आफ्नो शरीर बचाउन प्रकृतिले बनाएको सुरक्षा कबच हो। कुनै बेला महिला freeze भएर बेहोश को अवस्थामा पुगिसकेका हुन्छन् त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी रेप गर्दा पनि किन केटी त्यही बसिरहि भन्ने प्रश्न पनि गलत हो। यो freeze भएकै आधारमा केटी किन चिच्याईन, ढोकामा चुकुल नलागेको बेला पनि किन भागिन सबै ब्याख्या हुन्छ।

अब तपाईलाई लाग्यो होलाः प्रकृतिले शरीर freeze हुने किन बनायो। यसो हेर्दा त घाटा लाग्या जस्तो भयो। जस्तै जरायोलाई गाडीले हानेको। खासमा प्राकृतिक रुपमा जरायोलाई फाईदा हुन्छ अरु predator बाट freeze भएर scanning भएर भाग्न। सम्स्या गाडीको गतीको हो।

प्रकृतिमा जनावरहरु गाडी जस्तो छिटो हुन्नन्। त्यसैले जरायो freeze भएर scanning गरेर भाग्न सक्छ। तर गाडीको स्पिड धेरै हुनाले जरायोले scanning गर्दा-गर्दै गाडी ठोक्किसक्छ। खास कुरा त्यो हो।अब, fear मा शरीर freeze किन हुन्छ भनेर केही भिडियो हेरौँ। अनि थाह हुन्छ खासमा freeze हुनु कति

फाईदाजनक हुन्छ भनेर (तल भिडियो: in this link  )। यस्ता भिडियोहरु youtube मा animals playing dead भनेर हेर्न सकिन्छ।

https://youtu.be/AzAArTIzGAE

पहिलो भिडियोमा मृगलाई शायद चितुवाले लखेटेर समात्छ। त्यो बेला सम्म चितुवा थाकेको हुन्छ। त्यो थाह पाएर ब्वाँसो आऊँछ चितुवा लखेट्न। अनि मृग पर्छ ब्वाँसोको मुखमा। तर हेर्नुस् है, मृग नचलेर मरेको जस्तो गरेर freeze भएर बसेको हुन्छ। ब्वाँसोलाई लाग्छ यो मरेको छ अनि अल्ली पर चितुवा लखेट्न जान्छ। त्यती बेला सम्म मृग जुरुक्क उठेर भाग्छ। ब्वाँसो जिल्ल पर्छ। यही हो predators बाट freeze भएर ज्यान जोगाउन् तरिका। Freeze साँच्चिकै survival instinct हो।

अब अर्को भिडियोः (link: ) कुनै बेला भाग्ने अवस्था नभएपनि freeze भयो भने ज्यान बच्न सक्छ। खासमा प्रकृतिमा predator लाई चलिरहेको जिऊँदो प्राणी मारेर खान मन पर्छ। यो भिडियोमा ब्वाँसोले एउटा possum समातेर खान थाल्छ। तर, possum मरेको जस्तो गरेर नचलेर बस्छ।

अनि मुखैमा भएको possum पनि ब्वाँसोले खान्न। हुन त possum को गन्ध पनि एक कारण हो तर freeze भएको हुनाले possum को ज्यान बच्यो। Fear पछिको freeze ले साँच्चिकै ज्यान जोगाऊँछ।

रेप पनि एक प्रकारको predator ले prey लाई गर्ने dynamics हो। रेपको बेला शरीर freeze हुन्छ त्यो प्रकृतिले शरीर जोगाउन गरेको हो।

शरीर चलेन भन्दैमा यौन सम्पर्क गर्ने अनुमति हैन। यो कुरा बुझ्नु पर्छ। मलाई लाग्छ यो कुरा बुझेभने हाम्रो समाजमा सोधिने यो किन गरिन, त्यो किन गरिन भन्ने धेरै प्रश्नको जवाफ मिल्छ। यो शरीर freeze हुने पनि २ प्रकारको हुन्छ। एउटालाई भनिन्छ “tonic immobility” जसमा paralysis र बोली नआउने हुन्छ। त्यसैले रेपको क्रममा freeze भएकाहरु बोल्न र भाग्न सक्दैनन्। अनि अर्को हुन्छ, “collasped immobility”. यो झन् खतरनाक अवस्था हो।

यो केसमा heart rate र blood pressure एक्कै चोटी घट्छ, दिमागमा अक्सिजनको कमी हुन्छ। अनि मान्छेलाई निन्द्रा लाग्ने देखि लामो समयसम्म बेहोश हुने हुन्छ। त्यो रेप भै सकेपछि पनि तत्कालै किन नभागेको, किन सँगै सुतेको भन्ने प्रश्न को उत्तर यो हो र पुलीसले यो कुरा बुझ्नु पर्छ। रेप भएपछि collapsed immobility भएकाहरु त्यही सुत्छन्।

अब एउटा चलचित्रबाट रेपको भिडियो हेरौँ। हेरेर नराम्रो लाग्छ भन्ने लाग्नेहरुले नहेरे पनि हुन्छ। यो सिन अमेरिकाको प्रख्यात सिरिज Mad Men बाट हो। यौन दुराचरको अनुसन्धान गर्ने मान्छेहरुले यो सिन साँच्चिकै बास्तविकताको धेरै नजिक छ भन्छन्। म यो सिनको टुक्रा-टुक्रा गरेर ब्याख्या गर्ने छु। The link to this video here: 

यो सिनमा Joan जो office secretary हुन्, आफ्नै अफिसमा आफ्नै finance (जसलाई उनले पछि बिहे समेत गर्छिन्) Greg द्वारा बलात्कृत हुन्छिन्। यो सिनमा रेप हुने बेलाको सबै stages देखाईएको छ। पहिलो स्टेजमा साधारण अबस्था छ। केटा र केटी डेट गएका छन्, रमाईलो वातावरण छ।

केटीको हातमा फूल समेत छ। तर केटीलाई म अब एकै छिनमा रेप हुन गै रहेको छु भन्ने छनक समेत छैन। केटीलाई यो सँग घुम्न किन गईस् भन्नेलाई-थोडी म माथि रेप हुँदैछ भन्ने थाह हुन्छ। बयस्क केटा-केटी भेटधाट गर्छ्न, रमाईलो गर्छन्, तर सबै कुरा सहमतिमा हुनु पर्छ।

अब सिनमा केटा र केटी एउटा एकान्त कोठामा हुन्छन् तै पनि दुबै मजाक गरेका छन् अहिले सम्म। केटाले केटीको शरीरमा छोएपछि जिस्किदै भन्छे- Are you trying to examine me? त्यती बेलासम्म केटीको दिमाग prefrontal cortex ले नै काम गरेको छ।

केटा अल्ली नै aggressive भएपछि केटीले राम्रो resistance दिन्छेः Greg, it is my office. Basically, यही लक्ष्मण रेखा हो पार गर्नु नहुने। मेरो अफिस हो, यहाँ यौन कृयाकलाप गर्न हुन्न भनेर केटीले अश्विकार गरिन्। असल ब्यबहार भएको केटा यहीँ रोकिन्थ्यो। अब म धेरै पुरुषले सोध्ने प्रश्नको उत्तर दिन्छु।

उमेर पुगेका महिला-पुरुष अथवा आजको जमानामा जुन सुकै लिँगका हुन् एक-अर्कामा आकर्षण हुन्छ। उमेर पुगेका सबै एक-अर्का भेटधाट गर्नु पर्र्छ, सहमतिमा यौन पनि गर्नु पर्छ किनभने त्यो प्रकृतिको नियम हो। तर, विशेष गरि पुरुषले कुन अनुमति हो र ईन्कार हो बुझ्नु पर्छ।

यो भिडियोमा ती महिलाले यो मेरो अफिस हो भनेपछि त्यही लाईन हो, जो पार गर्नु हुन्थेन। महिलाले यस्ता धेरै सँकेत दिन्छन् जसलाई NO को रुपमा बुझ्नु पर्छ। ती सँकेत बाहिर बोलीमा सामान्य हुन सक्छन् तर मनमा ठूलो असहमती हो। यस्ता धेरै उदाहरण छन्ः जस्तै-नगरन अरुले देख्ला, अर्को कोठाको ले सुन्ला, तिम्रो घरका मान्छे फर्केलान् र हामीलाई देख्लान्।

यी मौखिक रुपमा साधारण objection हुन् तर महिलाको मन र दिमागमा यो कुरा ठूलो NO हो। यो भिडियोमा त अझ साधारण रुपमा भनेकिछिन्- Greg यो मेरो अफिस हो। त्यसको मतलब म तयार छैन भनेको हो। त्यतीले नि नपुगेर पछि त उनले सिधै NO नै भन्छिन्, तर Greg ले रेप गरिछाड्छ।

शुरुमा केटीको prefrontal cortex ले काम गरेको हुन्छ। तर जब अकस्मात केटीलाई केटाले टेबलमा धचेट्छ, अनि अब केटीको दिमागमा fear circuitry शुरु हुन थाल्छ र prefrontal cortex को काम घट्न थाल्छ। केटाले केटीलाई भुँईमा पछारेर physically restraint गर्छ।

यो अवस्था भनेको जनावरको predator-prey situation हो। महिलाको शरीर tonic immobility मा जान्छ। अब म माथि लेखेको ३ नँ को point मा आऊँछु, activation of self protection habits. अनुसन्धानले के देखाएको छ भने रेप भैरहेको बेला करिब ५०% महिलाले कि त म आज मर्छु अथवा रेपको अलावा म माथि physical harm हुन्छ भन्ने सोच्छ्न। त्यो भनेको रेप हुने मान्छेको शरीरले त्यसरी सोचेको हुन्छ। शरीरले आफूलाई जसरी पनि बचाउन खोज्छ त्यसैले रेप हुने मान्छेले गरेको कुनै कृयाकलाप सामान्य अवस्थामा अचम्म लाग्दो हुन सक्छ तर विज्ञानले के भन्छ भने त्यो त दिमागले आफू बच्न गरेको काम हो।

कतिपय केसमा के पाईयो भने- रेप भएको महिलाले नै पुरुषलाई स्खलन हुन सधाएको। पुलीसले यसो हेर्दा त त्यो सहमति देखियो। तर यो बुझ्नु पर्छ कि physically restraint body को दिमागले जसले fear circuitry activate गरिसक्यो, उसको एउटै उदेश्य हुन्छ, शरीरलाई बचाउने चाहे त्यो short-term मा predator लाई नै सहयोग गरेको जस्तो देखियोस्। हेर्नुस् त हाम्रो शरीरको लीला कस्तो अचम्मको छ।अनि यही self protection मा शरीरले गर्ने अर्को काम भनेको disassociation हो। यो चित्रमा Joan को आँखा हेर्नुस् त !(तल चित्र)। यस्तो लाग्छ कि शरीरबाट आत्मा बाहिर निस्कियो। अनुसन्धानले के

देखाएको छ भने साँच्चिकै रेपको पिडाबाट बच्न शरीरले disassociation गर्छ, ताकि शरीरलाई धेरै पीडा नहोस्। रेप भएका मान्छेले मन नै शरीरमा नभए जस्तो, कता-कता उडे जस्तो अनुभव हुने बताएका छन्। त्यो भनेको शरीरले रेपको हानीबाट बचाउन शरीरलाई disassociate गरेको हो।

अब एउटा क्लिप जो पुलीस अनुसन्धानमा महत्वपूर्ण हुन्छ। त्यो हो altered attention. हेर्नुस् त त्यो रेप सिनमा Joan को शरीरले रेप भैरहेको कुरामा ध्यान दिएको छैन। बरु कफि टेबल हेरेको छ। त्यो त्यत्तीकै भएको हैन। रेपमा ध्यान गयो भने शरीरलाई झन् पिडा हुन्छ, त्यो ध्यान अर्कैतिर लगे कम पिडा हुन्छ।

अब बिचार गर्नुस् त भोली पुलीस केस भयो अनि पुलीसले के-के भयो भनेर सोध्दा Joan ले-मलाई अफिसमा लगेर भुँईमा लडाएर रेप गरियो भनिन् अनि पुलीसले अरु थप के भयो भन्नुस् भनेर सोधेभने- खै म लडेँ, मलाई रेप गरियो, मैले धेरै feel गरेन, तर अफिसको कफि टेबल हेरेको याद छ।

यो उत्तरले neuroscience नबुझेको पुलीस पागल हुन्छ। रेप जस्तो भयानक कुरा हुँदा पनि त्यसमा ध्यान नदिएर कफि टेबल हेरेर बसेको? कस्तो पागल मान्छे रैछ? यो केस त पक्कै झुटो हुनु पर्छ। तर, सबै कुरा त सत्य थिए। शरीर freeze भयो, self-survival mode मा गयो अनि altered attention भयो।

फेरि दिमागमा रेप भैरहेको बेला जुन कुरामा attention गयो त्यही कुरा पछिको लागी रेकर्ड हुने हो। मैले माथि भनेझैँ, यी सब सूचना fragmented भएर store हुन्छन् र बाहिर निकाल्न मान्छे अनुसार फरक-फरक समय लाग्छ।

कानूनको भावना अनुसार सबैलाई न्याय दिने उदेश्य हो भने समयसिमा लामो राख्नु पर्छ ताकि सबै रेप पिडितले आफ्नो दिमागमा छरिएर रहेको सुचना निकाल्न सकुन्। यो किन महत्वपूर्ण छ भने-सबै मान्छेको शरीरले fear कसरी handle गर्छ भन्ने कुरा फरक हुन्छ।

जस्तै यो roller coaster ride मा एउटै roller coaster मा एकजनाले fear राम्रोसँग handle गर्छ भने अर्को बेहोश हुदै उठ्दै फेरि बेहोश हुन्छ (please see the link: )। रेप पनि fear circuitry activating event हो, प्रत्येक victim

ले आ-आफ्नो शरीर अनुसार त्यसलाई deal गर्छ। ठ्याक्कै १ वर्षामा यो कुरा दिमागबाट बाहिर ल्याएर भन् भनेर कानून बनाउनु भनेको मान्छे र मान्छेको दिमाग फरक हुन्छ्न भनेर स्वीकार नगर्नु हो।

अब एउटा महत्वपूर्ण प्रश्न, कुरा पुरै रेप पिडितमा गयो, रेप गर्ने को पनि त दिमागमा डर होला, prefrontal cortex बन्द होला, उसले पनि त राम्रोसँग सोच्न नसकेर त्यस्तो गरेको होला! केही हद सम्म यो कुरा ठिकै हो, तर अनुसन्धानले के देखाएको छ भने- रेप गर्ने हरु प्राय serial offender हुन्छन्, यस्तो कुरा धेरै चोटी गरेका हुन्छ्न त्यसैले उनीहरुको दिमागमा रेप victim जस्तो अकस्मात fear circuitry हुन्न किनभने प्राय यो काम उनिहरुले गरिसकेका हुन्छन् र everything is planned. त्यसैले यो महत्वपूर्ण हुन्छ कि रेप गर्ने हरु serial offender हुने सम्भावना हुन्छ, त्यसैले सकेसम्म पहिल्यै उनीहरुलाई रोक्नु पर्छ। यो मेरो अनुसन्धान हैन, मैले अरुको काम पढेर, हेरेर आफ्नो क्षमताले भ्याएसम्म लेखेको छु। कमजोरी छन्, त्यसको लागी माफि चाहन्छु। आशा छ यो लहरो मार्फत समाजमा रेप पिडितलाई शँका गरेर सोधिने धेरै प्रश्नको उत्तर मैले दिएँ होला।

जति सक्दो प्रचार गर्नुहोस्, नबुझेकोलाई बुझाउनु होस्। धन्यवाद ।

लेखक : सुशील देवकोटा