चिया पिउनेहरु अरुभन्दा धेरै बाँच्छन् : अनुसन्धान

चिया पिउनेहरु अरुभन्दा धेरै बाँच्छन् : अनुसन्धान


चियाका बारेमा १४ वर्षसम्म ५ लाख व्यक्तिहरुमा गरिएको भर्खरै सम्पन्न एउटा अनुसन्धानले चिया नपिउने व्यक्तिहरु भन्दा चिया पिउने व्यक्तिहरु केही समय धेरै बाँच्ने देखाएको छ ।

केही समय पहिले पाकिस्तानका एउटा नेताले जनतालाई चिया कम पिउन अनुरोध गरेका थिए । तर चियाले भने उमेर बढ्ने अनुसन्धानले देखाएको । यो अनुसन्धान भने कालो चियामा गरिएको हो ।

ग्रीन टी धेरै लोकप्रिय रहेका चीन र जापानमा यस्ता अनुसन्धानहरु पहिला पनि भएका छन् जसमा चियाका स्वास्थ्यवर्धक गुण पाईएका छन् । अहिले युनाईटेड किंग्डमा सबैभन्दा लोकप्रिय कालो चियाका बारेमा एउटा अध्ययन भएको छ ।


अमेरिकन नेशनल क्यान्सर इन्स्टिट्युटका वैज्ञानिकहरुले यो अध्ययन पछि यस्तो रोचक निष्कर्ष प्रस्तुत गरेका हुन् । वैज्ञानिकहरुले पाँच लाख भन्दा धेरै व्यक्तिको चियासँग जोडिएको बानीका बारेमा १४ वर्षसम्म उनीहरुसँग कुरा गरेर विस्तृत तथ्यांक निकालेका थिए जसको आधारमा यो अध्ययन गरिएको थियो ।

विश्लेषणका समयमा विशेषज्ञहरुले स्वास्थ्य, सामाजिक, आर्थिक स्थिति, धुम्रपान, मद्यपान, खानपान, आयु, नश्ल र लिंगका आधारमा पनि निष्कर्षमा अदलाबदली गरे । यो विशाल अध्ययनको निष्कर्ष यो निस्क्यो कि जुन व्यक्तिहरुले चिया धेरै पिउँछन् उनीहरुको बाँच्ने सम्भावना चिया नपिउने व्यक्तिहरुको भन्दा केही धेरै हुन्छ ।

अर्थात् हरेक दिन २ अथवा २ भन्दा धेरै कप चिया पिउने व्यक्तिहरुमा मृत्युको खतरा अरु व्यक्तिभन्दा ९ देखि १३ प्रतिशत कम हुन्छ ।

चियाको असर
यो अध्ययन अनल्स अफ इन्टरनल मेडिसन नामक पत्रिकामा प्रकाशित छ । शोधकर्ताहरुले हृदयरोगसँग चियाको सम्बन्ध यो अध्ययनले केही स्पष्ट पारेको भएपनि क्यान्सरका बारेमा केही नभेटेको बताएका छन् । मुख्य शोधकर्ता माकी इनोऊ चोईका अनुसार क्यान्सरका कारण धेरै कम व्यक्तिहरुको मृत्यु भएको हुँदा ठोस सम्बन्ध नभेटिएको हुन सक्छ ।

फुड साइन्स बुझ्ने व्यक्तिहरु व्यक्ति आनिबानी र स्वास्थ्यको अध्ययन गरेर निकालिएका निष्कर्षले कुनै पनि प्रकारका कारण र प्रभावलाई सिद्ध गर्न नसक्ने बताउँछन् । न्यूयोर्क युनिभर्सिटीमा फुड स्टडीज् पढाउने म्यारियन नेस्लेले अब्जर्भेसनमा आधारित यस्ता अध्ययनहरुले सदैव चिया पिउने मानिसहरुको त्यस्तो के फरकपन हुन्छ जसले उनीहरुलाई चिया नपिउने मान्छेभन्दा धेरै स्वस्थ बनाउँछ भन्ने प्रश्न उठाउने गरेको बताउँछिन् । उनी आफूलाई चिया मनपर्ने बताउँदै चिया एउटा राम्रो पेय पदार्थ हो तर सावधानीपूर्वक यसको व्याख्या गर्नु नै समझदारी ठान्दछिन् ।

इनोई चोइले पनि चियाको बानी बसाल्नुस् भन्नलाई आफूसँग कुनै लायक प्रमाण नभएपनि यदि हरेक दिन तपाईं एक कप चिया पिउँदै आउनुभएको छ भने त्यसको भरपुर आनन्द लिनुस् भन्दछिन् ।

पानी पछि संसारमै सबैभन्दा धेरै पिइने पेय पदार्थमा चिया पर्दछ । संसारमा ३ हजार प्रकारका चियाहरु उपलब्ध छन् । चियाको खोज चीनका राजा शेन नंगले २३७ ईशापूर्वमा गरेका थिए । उनले पिउँदै गरेको तातोपानीमा केही पत्तिहरु खसे, त्यो पानी पिउँदा उनलाई मन परेपछि चियाको खोज गरेका थिए । सम्भवतः चियाको पहिलो प्याला त्यही थियो । तर चीनमा भने आजकल चिया भन्दा कफीको बोलवाला छ ।

जापानमा भने चियाको संस्कृति विशाल छ । जापानमा अ वे अफ टी भन्ने समारोह हुन्छ जसमा ग्रीन टी बनाउने र पिउने गरिन्छ । यो समारोह घण्टौँसम्म चल्छ । ब्रिटेनमा पनि चिया अति नै लोकप्रिय छ र त्यहाँ एउटा औसत व्यक्तिले १ वर्षमा १हजार कप सम्म चिया पिउँछ । संसारभरी वर्षभरीमा साढे ३ अर्बभन्दा धेरै कप चिया पिइन्छ ।

सबैभन्दा धेरै चिया उत्पादन गर्ने देशहरु
१. चीन – २४७३४४३ टन
२.भारत – १३२५,००० टन
३. केन्या – ४४०,००० टन
४. श्रीलंका – ३५०,००० टन
५. भियतनाम – २६०,००० टन
६.टर्की – २३४,००० टन
७. इन्डोनेशिया – १४०,००० टन
८. ईरान – १००,००० टन

(यो लेख मुलतः डीडब्ल्यू मा प्रकाशित छ ।)
अनुवाद ः पृथ्वीराज पोख्रेल