काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयबाट बजेट भाषण गर्नका लागि नयाँ बानेश्वरतर्फ प्रस्थान गरेका छन् ।
मन्त्रिपरिषद्बाट बजेट पास भएपछि अर्थमन्त्री शर्मा अर्थमन्त्रालय पुगेका थिए ।
अर्थसचिव मधु मरासिनीले अर्थमन्त्रि शर्मालाई बजेट भाषण भएको ब्रिफकेस हस्तान्तरण गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले ४ बजे संघीय संसद्मा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।