काठमाडौं । नेपाल ल क्याम्पस काठमाडौंका विद्यार्थीहरुले मिजरब्याज पीडितहरुलाई सहयोग गरेका छन् । रत्नपार्क स्थित शान्तिबाटीकामा पुगेर उनीहरुले मिटरब्याज पीडितलाई सहयोग गरेका हुन् ।

मातातीर्थ अौँशीको अवसरमा नेपाल ल क्याम्पसका विद्यार्थीहरुले क्याम्पसको आन्तरिक कक्षाहरुमा संकलन गरेको रकम आज आन्दोलनका अध्यक्ष अवधेश कुशवाहलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल ल क्याम्पसका निक्षा थापा, ओमप्रकाश सुनार, पृथ्वीराज पोख्रेल सपना के.सी. लगायतका विद्यार्थीहरुले मिटरब्याज पीडितलाई खाद्यान्न र स्वास्थ्यको समस्या भएपछि सहयोग गर्नुपर्ने भएकाले सहयोग अभियान चलाएको बताए ।
नेपाल ल क्याम्पसका विद्यार्थी निक्षा थापा र ओमप्रकाश सुनार, पृथ्वीराज पोख्रेलले रकम हस्तान्तरण गर्दै ‘मिजरब्याज पीडितको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको’ पनि बताएका थिए ।
लामो समय देखि रत्नपार्क शान्तिबाटिकामा मिटरब्याजी सुदखोर बिरुद्ध पिडितहरु आन्दोलन गरिरहेका छन् ।