मुनव्वर फारुकी : जाे कमेडी गर्दा जेल परे

मुनव्वर फारुकी : जाे कमेडी गर्दा जेल परे

सन् २०२१ को जनवरीमा सबैले नयाँ बर्ष मनाइरहँदा, लाखौँ व्यक्तिलाई हँसाउने एउटा गुजराती कमेडीयन जेल जाँदै थियो ।


यो साल सन् २०२२ मा पुनः एकपटक यही कमेडीयन मुनव्वर फारुकी लक अप मा पुगेको छ तर यो लक अप सन् २०२१ वाला लक अप होइन, अपितु यो एउटा रियालिटी शो हो जसको होस्टका रुपमा नायिका कंगना रणावत रहनेछन् ।

लकअप, बिगबोस जस्तो रियालिटी शो हो, जसमा केही पाहुनाहरु केही समयका लागि शोमा आउँछन् र बिस्तारै बिस्तारै शोबाट बाहिर जान्छन् ।

शोमा बचिरहने तरिकाका लागि आफ्नो रहस्य बताउनुपर्ने नियम पनि सामेल छ ।

लक अप शोमा एन्ट्री गरेपछि मुनव्वर फारुकी लगातार चर्चामा रहने गरेका छन् । कहिले आफ्नी आमाको कहानी सुनाउने त कहिले आफ्नो बालककालमा भएको यौन शोषणको कहानी सुनाएर । सोशल मिडीयामा धेरै मान्छेहरुले लकअप शो मुनव्वर फारुकीले जित्ने अनुमान गरिरहेका छन् ।
यो शो अन्त्य हुनुभन्दा पहिला केही मिडीया रिपोर्टहरुमा यो पनि दाबी गरिँदै छ कि मुनव्वर फारुकी खतरों के खेलाडी मा पनि देखिन सक्छन् ।

अब आउनुस् तपाईँलाई मुनव्वर रानाको कहानी बताउँछौँ की कसरी मुनव्वर राना यूट्युब भिडीयो र स्टेज शोका माध्यमबाट कमेडी गर्ने मुनव्वर बितेको डेढ वर्षमा चर्चा छन् र लकअप कमेडी भन्दा पहिला मुनव्वरको कहानी के थियो ? बालककाल देखि युवाअवस्थासम्म ।


मुनव्वर फारुकीको बालकका र परिवारको कथा

लकअप शोमा मुनव्वर आफ्नो बालककालको बारेमा बताउँदै गरेका देखिएका छन् । फारुकीले यो कुरा त्यतिबेला बताएका थिए जब शोको फर्म्याटमा आफ्नो जीवनसँग जोडिएको कुनै रहस्य बताउनुपर्ने भयो ।

मुनव्वरले शोमा भनेका थिए, म ६ या ७ वर्षको थिएँ, जब लगभग चार देखि पाँच वर्षसम्म लगातार मेरो यौन शोषण भयो । कुनै नजिकका नातेदार थिए, केही बोल्न पनि सकिँदैन, तपाईँले बुझ्न सक्नुहुन्न । चौँथो वर्षमा उनलाई अब त अत्ति भयो भने महशुस भयो र अब त रोक्नैपर्छ भन्ने लाग्यो । तब त्यो सबैकुरा रोकियो । यसबारेमा मैले कहिल्यै कसैलाई भनिनँ । एकपटक मलाई बुबाले यो बारेमा थाहा पाउनुभयो जस्तो लाग्यो । त्यतिबेला मलाई बुबाले गाली गर्नुभयो ।

मुनव्वरले यस्तो रहस्य बताएपछि कंगनाले पनि आफूलाई बच्चाबेलामा यौन शोषण भएको बताएकी थिइन् । यही शोमा मुनव्वरले आफ्नी आमाको मृत्युसँग जोडिएको कुरा पनि सार्वजनिक गरेका थिए ।
मुनव्वरले भनेका थिए ः एकदिन मैले आमाको स्वास्थ अवस्था खराब भएको थाहा पाएँ, त्यसपछि म भागेर अस्पताल पुगेँ । जब म अस्पताल पुगेँ तब देखेँ कि आमा चिच्याइरहनुभएको थियो । मैले परिवारका मान्छेसँग सोधेँ आमालाई के भयो? भनेर । औषधीले कुनै प्रभाव पारिरहेको थिएन । तब मेरी ठूली आमाले आएर तेरी आमाले त तेजाब पिइछ भन्नुभयो । मैले यो कुरा आफ्नो एकजना नातेदार नर्सलाई बताएँ । मलाई त सबै ठिक हुन्नछ भन्ने लागिरहेको थियो तर डाक्टर आएर मैले समाइरहेको आमाको हात छोड्न भने । मेरो हात छुटाएपछि बल्ल मलाई थाहा भयो कि मेरी आमाको मृत्यु भैसकेको छ ।

आमाको मृत्युमा मुनव्वर अपशोच प्रकट गर्दै भन्छन् ः मलाई सँधै लाग्थ्यो कि यदि त्यो रात आमासँगै सुतेको भए आमा बाँच्नुहुन्थ्यो । डाक्टरहरुले पोस्टमार्टमा गर्दा आमाले सात आठ दिनदेखि केही नखाएको देखियो । तब मलाई बल्ल महशुस भयो कि २२ बर्षको वैवाहिक जीवन कति खराब थियो । मैले मेरो बालककाल भरी आमाले या त पिटाई खाएको देखेँ या त झगडा गरिरहेको देखेँ ।

धेरै पटक मुनव्वरले आफ्ना बाबुसँगको दूरिका बारेमा बताइसकेका छन् ।

मुनव्वरले भनेका थिए ः मेरी बहिनीको विवाह हुँदा उसको सबै कसुर परिवारवालाहरुले आमाउपर लगाएका थिए । सन् २००७ हाम्रो परिवारका लागि साह्रै नराम्रो थियो । घरका भाँडाकुडा बेचेर खाना खाइरहेका थियाँै । आमासँग धेरै ऋणको कर्जा थियो, ३५०० रुपैँयाको कर्जा थियो । यो कर्जा पनि आमाले घर चलाउनका लागि लिनुभएको थियो । आज पनि त्यो कुराले मलाई छोडेको छैन ।

३० वर्षका मुनव्वर फारुकीको जन्म सन् १९९२ मा गुजरातको जूनागढमा भएको थियो । मुनव्वर धेरै भिडीयोहरुमा सन् २००२ मा गुजरात काण्डमा जसको घर उजाडिएको थियो त्यस्तो घरमा आफ्नो जन्म भएको बताएका छन् ।

मुनव्वर सन् २००२ को काण्डपछि मुम्बईको डोंगरीमा आएर परिवारका साथ बस्न थाले । यो त्यही डोंगरी हो जहाँ दाऊद इब्राहिम पनि थिए, यो कुरामा मान्छेहरुका प्रश्न र शंका दुवै भरीएका नजरलाई मुनव्वरले धेरै भिडीयोमा मजाक उडाएको देखिन्छ ।

गुजरात देखि डोंगरी आएपछि केही समय मुनव्वरकी आमाले यो संसारबाट बिदा लिइन् ।
धेरै मिडीया रिपोर्टहरुमा मुनव्वर फारुकीको बालककालमा भाँडा बेच्ने र ग्राफिक आर्टिस्टको काम गरेको जस्तो कुराहरु गरिएका छन् ।

मुनव्वर फारुकी कमेडीको संसारमा कसरी आए ?

द प्रिन्ट मा छापिएको एक रिपोर्टमा मुनव्वरका साथी र कमेडी शो गराउने वाला द हेरिटेजका फाउन्डर बलराज सिंह घईले यसबारेमा बताएका थिए ।

बलराज सिंह घईले भनेका थिए ः एकपटब मुनव्वरले मलाई आफू कुनै विज्ञापनको सुटिंगमा भएको बताएका थिए । त्यहाँ कुनै स्ट्याण्ड अप कमेडीको सिनको दृश्य थियो । प्रोडुसर्ससँग कुनै अलग व्यक्ति थिएन जो स्टेजमा गएर मञ्चमा कमेडी स्ट्याण्डअप गर्दै गरेको जस्तो देखियोस् । तब प्रोडुसर्सले मुनव्वरलाई स्टेजमा गएर दुई लाइन बोलिदिन आग्रह गरे । ती लाइनहरु अति नै पावरफूल लाग्यो । यस्तो लाग्यो कि मुनव्वरले वास्तवमै यस्तो गर्नुपर्छ । यसपछि उनी हाम्रा धेरै शोहरुमा आए र अचानक हिट भए ।

यही रिपोर्टमा मुनव्वरका नातेदार यस्तो बताउँछन् कि शुरुमा परिवारले स्ट्याण्डअप कमेडीलाई खारेज गर्दै टाइमपासका रुपमा लिएका थिए । तर जब मुनव्वरको लोकप्रियता बढ्दै गयो र मान्छेहरुले मुनव्वरका साथ सेल्फी खिच्न थाले तब बुझे की यो त गम्भिर कुरा भइसकेछ ।

मुनव्वरका प्रशंसकमा युवतीहरु पनि छन् । सोशल मिडियामा मुनव्वरका लागि स्नेह प्रकट गरिरहेका देख्न सकिन्छन् । लकअप शोमा मुनव्वर कच्चा बदाममा डान्स गरेर हिट भएकी अन्जलि अरोडाका साथमा देखिन्छन् । यी दुवैको केमेस्ट्रि पनि मानिसहरुले रुचाइरहेका छन् ।

तर यही शोमा मुनव्वर फारुकीको बिहे भएको कुरा पनि थाहा भयो ।

शोमा ट्विटरमा मुनव्वरले शेयर गरेको एउटा तस्बीर देखाइयो । यस तस्वीरमा मुनव्वर महिला र बच्चाका साथमा देखिन्छन् । यो फोटो शोमा देखाएपछि मुनव्वरले आफू विवाहवन्धनमा बाँधिएको स्वीकारेका थिए । उनले आफूहरु डेढ बर्षदेखि अलग्गै रहने गरेको र कोर्टको काम चलिरहेको पनि बताए । उनले यो आफ्नो प्राइभेट कुरा भएको हुँदा कुरा गर्न नचाहेको बताए ।

मुनव्वरले विवाहका बारेमा खुलेर नबताउनुका बारेमा कंगनाले प्रश्न उठाएकी थिइन् जसको विरोध सोशल मिडीयमा भइरहेको छ, सोशल मिडीयामा यसलाई गलत भनिरहेका छन् ।

मुनव्वरको कमाई र चुट्किलामा त्यस्तो के छ?

सन् २०२२ को मे ५ सम्म मुनव्वर फारुकीको युट्युबमा करीब २६ लाख फलोअर्स छन् र १६ करोड भन्दा धेरै भ्युज छ ।

युट्बुमा हुने कमाई र त्यसअलावा भारतको एउटा शोको करिब एक देखि डेढ करोड रुपैँया मुनव्वरले लिने गरेको एकजना कमेडीयनले बताए ।

मुनव्वर कमेडी बाहेक र्याप गीत पनि गाउँछन् ।

मुनव्वरका चुट्किलामा त्यस्तो के हुन्छ त ?भन्ने बताउनलाई उनका केही लाइन हेरौँ । मुनव्वरका केही चुट्किलाका लाइन यस्ता छन् ः

मलाई लाग्छ कि बोलो जुबाँ केशरी बीजेपीको इलेक्सनको नारा हुनुपर्छ किनकि विमल होस् या बीजेपी देशका लागि दुइटै क्यान्सर हुन् ।

तपाईहरुले देख्नुभएको होला प्याड पत्रिकामा बेरेर दिइन्छ, किनकि भारतमा पत्रिकाहरुले यही गर्छन्, सत्यलाई लुकाउँछन्, छोप्छन् ।

हम आपके हैँ कौन फिल्ममा भाग्यश्री सिँढीबाट होरिजोनटल द्रौपदी बनेर लडिन्, आफ्नै घरको सिँढीबाट को लड्छ ?

मेरो एउटा साथी छन्, उनलाई लाग्छ मदरसामा इस्लामी तालीम सिकाइन्छ र हामीलाई भनिन्छ गाओ बच्चाहरु इस्लामका हीरो ओसामा बिन लादेन ।

तपाईहरुमध्ये कसैको नाम सीता छ? कसको नाम सीता छैन र? किनकि एउटा समाजको रुपमा हामी चाहँदैनौँ कि कुनै महिलाले लाइन पार गरुन् ।

विज्ञापनमा आएर हामी यो भन्छौँ कि कपडा धुने काम केवल महिलाहरुको हो । हेमा, रेखा, जया र सुष्मा । कहिल्यै सुन्नुभाछ कुनै सौरभ नामको व्यक्तिले कपडा धुनका लागि भनेको होस् ?

मेरो पञ्जाबीहरुसँग अनुरोध छ कि तपाईंकी गर्लफ्रेण्डले केही माग्छे भने ल्याएर दिनुस्, त्यसलाई गीत नबनाउनुस् । पञ्जाबी गीत सुन्नुस्, हरेक गीतमा कसैले केही मागिरहेकै हुन्छ ।

हामी मुश्लिम हौँ । हामी विवाहमा सेल्फी खिच्दा पनि चीजका सट्टा बीफ भन्छौँ । हामी मुश्लिमको सेल्फीमा सबै बच्चा अटाउँदैनन् भने यतिधेरै बच्चा किन पाउँछन् ?

मुनव्वरसँग जोडिएका विवाद र आलोचना


माथि मुनव्वरका केही जोक्स पढ्नुभयो, ती केही भिडीयोमा सुन्न सकिन्छ । मुनव्वरका आलोचकहरु उनले धार्मीक रुपमा जोडिएका कुरालाई मजाक बनाएको बताउँछन् । जाकिर खानले पनि कमेडी गरिरहेका छन् तर उनले धर्म या राजनीतिमा चुट्किला बनाउँदैनन्, उनीहरु भन्छन् ।

द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जबाट मान्छेका आँखामा परेका कमेडीयन सुनील पालले पनि मुनव्वरको आलोचना गरिसकेका छन् ।

लकअप शो लञ्च भएपछि सुनील पालले फ्रीडम अफ स्पीचको अर्थ जे पायो त्यही बोल्ने स्वतन्त्रता होइन । समाजका लागि राम्रो सन्देश जानुपर्छ । आज यिनीहरुका कुराले मान्छेहरु डराएका छन् । यिनीहरु जनतासँग जाँदा उनीहरुको अपमान पनि गर्छन् । भल्गर कन्टेन्ट दिन्छन् यिनीहरु भनेका छन् ।

तर मुनव्वर यसको उत्तर दिन्छन्, जो व्यक्तिहरु शोमा आउँछन् उनीहरु सबै नियम र शर्तहरु पढेर आफ्नो मर्जीले आउँछन्, यो कमेडीको फरम्याट हो क्राउड वर्क, जसमा जनतालाई नै सामेल गरिन्छ ।
त्यस्तै एउटा कमेडी भिडीयोमा हिन्दू देवी देवता र गृहमन्त्री अमीत शाहमाथि कथित अभद्र टिप्पणी गरेको आरोप मुनव्वरलाई लागेको थियो । यही आरोपका कारण सन् २०२१ को जनवरीमा इन्दौर पुलिसले मुनव्वर समेत चार जनालाई गिरफ्तार गरेको थियो ।

लगभग एक महिना सम्म मुनव्वर जेलमा बसे । यही बेला जमानत माग खारेज गर्दै मध्यप्रदेश हाईकोर्टको इन्दौर बेन्चले भनेको थियो ः यस्ता मान्छेहरुलाई छोड्न हुँदैन ।

मुनव्वरले सन् २०२१ को फेब्रूअरीमा सुप्रीम कोर्टबाट जमानत मिल्यो ।

रिहाईपछि मुनव्वर मिडीयाबाट टाढा रहे । उनले यूट्युब भिडीयो लीभिंग कमेडी आफ्नो च्यानलमा पब्लिश गरे ।

यो भिडियोमा मुनव्वरले यो स्यालहरुको राज्य हो । जो पनि यसका शिकार हुन सक्छन् । म यसको शिकार भएको छैन, मलाई अलिकति कोतरेको मात्रै छ र त्यो पनि त्यसकारणले जुन कुरा मैले भनेकै छैन । कसकैको सत्ताको चक्करमा कसैको जिन्दगी बर्बाद हुन सक्छ । मैले कहिल्यै कसैको दिल दुखाउन चाहिनँ र कहिल्यै फेमश हुन पनि चाहिनँ । म त मान्छेलाई हँसाउनकुरा चुनेको मान्छे हुँ । कसैको प्यासन गाडीमा बसेर गाली दिने हुन्छ, हाम्रो प्यासन हो मान्छेलाई हँसाउने । कसैलाई समस्या होस् यो मैले कहिल्यै चाहिनँ ।

मुनव्वर भिडीयोको अन्त्यमा भन्छन् ः कमेडी त म छोड्न सक्दिन किनकि कमेडी छोड्ने धेरै कारण छन् म सँग, तर कमेडी गर्ने एउटा मात्रै कारण छ त्यो आवाज जसले मञ्चमा बोलाउँछ ।

मुनव्वरको रद्द शो र अब के ?

यो भिडियो आएपछि मुनव्वरले धेरै भिडीयो बनाए र कमेडी स्ट्याण्डअप पनि गरे । तर यसै वर्ष सन् २०२१ को अन्त्यमा आउँदाआउँदै मुनव्वरका धेरै कमेडी शो रद्द भए । पुलिस र स्थानीय प्रशासनले सुरक्षाका कारणलाई ध्यानमा राख्दै यो शो गर्ने अनुमति दिएन ।

यसपछि मुनव्वरले शोसल मिडियामा लेखे ः अब त अत्ति भयो ।

मुनव्वरले बीबीसीलाई यसको अर्थ बताएका थिए । मलाई मेरो कुरा भन्नै दिइँदैन । पछिल्ला केही दिनमा कुल १५ वटा शो रद्द भए । म त सोच्थेँ कि ल ठिकै छ । तर मान्छेहरुलाई थाहै छैन म कस्तो अवस्थामा छु । म कुनै खतरा होइन । मेरो शो नहेरिकिनै कसरी कसैले भन्न सक्छ कि यो शो गलत छ? त्यसैले अब त अत्ति भयो ।

यो वक्तव्य पछि मुनव्वरका केही भिडियो यूट्युबमा अपलोड भए । यी भिडियोमा मुनव्वर कमेडी या र्याप गीत गाउँदै गरेका देखिन्छन् र हरेक भिडियोको सुरुवातमा डिस्क्लेमर देखिन्छ ः यो भिडियोको आशय कसैको भावनालाई ठोस पुर्याउने होइन, यो केवल चुट्किला हो, यसलाई हेर्नुस् र आनन्द लिनुस् ।

बीबीसीलाई दिएको अन्तवार्तामा मुनव्वरले भनेका थिएः
जबसम्म देशमा प्रेम, शान्ति र कमेडी रुचाउनेवाला समझदार मान्छेहरु तपाईको पक्षमा छन्, तपाईलाई सपोर्ट गर्छन् तबसम्म कसैको तिरस्कारले धेरै दिन जित्न सक्दैन ।

-बीबीसी हिन्दीबाट

मुनव्वर फारुकी