भारतमा २९०० वर्षअघि देखि चलिरहेको वेश्यावृत्ति एउटा पेशा हो ।
संसारमा ४४०० वर्ष पहिला मेसोपोटामिया सभ्यताको बेबीलोन शहरमा वेश्यावृत्तिको शुरुवात भएको थियो । यसपछि फरक फरक संस्कृतिमा समयका साथ फरक फरक तरीकाले वेश्यावृत्ति कायम रहेको पाइन्छ ।
भारतमा लामो समयदेखि वेश्यावृत्ति भईरहेको छ, तर यसको कानूनी व्यवस्था आजसम्म पनि छैन ।
अहिले भारतको सर्वोच्च अदालतले सेक्स वर्कर्सहरुको लिगल स्टाटसमा सरकार र पुलिसलाई केही निर्देशन दिएको कारण वेश्यावृत्ति चर्चामा छ ।
यो लेखमा संसारमा वेश्यावृत्ति शुरु भएको ४४०० वर्ष पुरानो इतिहास र भारत लगाएत संसारभरी तीव्र रुपमा फैलिइरहेको वेश्यावृत्तिको बजारको बारेमा लेखिनेछ ।
वेश्यावृत्ति शब्द र कानूनी अर्थ
वेश्यावृत्तिलाई अंग्रेजीमा प्रोस्टिट्यूशन भनिन्छ । यो शब्द अक्सफोर्ड डिक्शनरीमा सन् १५३० मा पहिलोपटक समावेश गरिएको थियो ।
प्रोस्टिट्युशन शब्द ल्याटिन भाषाबाट लिइएको हो, जसको अर्थ आफ्नो शरीरलाई कसैका अगाडि बेच्नका लागि प्रस्ताव गर्नु भन्ने हुन्छ ।
इन्टरनेशनल इनसाइक्लोपीडिया अफ द सोसल साइन्सका अनुसार वेश्यावृत्ति पैसा या सामानका बदलामा आफूसँग सेक्स गर्न दिने छुट हो ।
वेश्यावृत्ति शब्दको अर्थ भारतीय कानून स्त्री तथा लडकी अनैतिक व्यापार दमन अधिनियम १९५६ मा पनि बताइएको छ ।
यो कानूनका अनुसार वेश्यावृत्ति एक महिलाद्वारा पैसा या कुनै सामानका बदलामा आफ्नो शरीरलाई यौन संभोगका लागि भाडामा दिनु हो ।
मेसोपोटामिया सभ्यतामा सबैभन्दा पहिला शुरु भएको थियो वेश्यावृत्ति
वेनुतई चवन कलेज कराडका प्रोफेसर एस आर सरोदेले युसिजी प्रोजेक्टअन्तर्गत हिस्टोरिकल स्टडी अफ प्रोस्टिट्युशन ट्रेड इन इन्डिया पास्ट एण्ड प्रिजेण्ट, नामको एउटा रिसर्च गरेका थिए ।
रिसर्च पेपरको पेज नं २७ मा प्रोफेसरले दाबा गरेका छन् कि प्रि हिस्टोरिकल पीरियड अर्थात् त्यो समय जसको लिखित साक्ष्य छैन, त्यतिबेला मानवले पशुपंक्षीका समान यौन सम्बन्ध राख्दथ्यो ।
आदिमानवको समयमा पनि महिलाहरुका लागि लडाईं हुन्थ्यो । महिलाहरु आफूलाई मनपरेको मान्छेसँग र पुरुषहरु कुनै पनि महिलासँग सम्बन्ध बनाउँथे ।
करीब ३३०० ईसा पूर्व सिन्धु घाटी सम्यताको शुरुआतपछि आर्थिक गतिविधिहरु तीव्रतासाथ हुन थाले । यसका साथसाथै व्यापारीहरुलाई मद्य र महिलाहरुका साथ सम्बन्ध बनाउने लत लाग्यो ।
र, बिस्तारै बिस्तारै भयो वेश्यावृत्तिको शुरुवात । संसारमा सबैभन्दा पहिला वेश्यावृत्तिको शुरुवात २४०० ईसापूर्व मेसोपोटामियाको बेबिलोन शहर र सुमेर सभ्यतामा देखिन्छ । अर्थात् आजभन्दा ४४०० वर्ष पहिला ।
भारतमा वैदिक कालमा वेश्यावृत्तिको इतिहास पाइन्छ
प्रोफेसर एस आर सरोदेले हिस्टोरिकल स्टडी अफ प्रोस्टिट्युशन ट्रेड इन इन्डिया, पास्ड एण्ड प्रेजेन्टमा भारतमा वेश्यावृत्तिको इतिहास २ भागमा बाँडेका छन्,
१) प्री हिस्टोरिकल पीरियड ः जब लेखन कला थिएन ।
२) वैदिक काल र त्यसपछिको समय ।
प्री हिस्टोरिकल पीरियडमा विवाह व्यवस्था थिएन । यो समयमा आदिमानव समयमा महिलालाई लिएर लडाई हुन्थ्यो । त्यहाँ प्रोफेशनल वेश्यावृत्ति थिएन ।
मोहनजोदाडो सभ्यताका बेलाको एउटा कांस्य प्रतिमामा पवित्र वेश्या नृत्यांगनालाई मन्दिरबाट बाहिर लैजाँदै गरेको देखाइएको छ ।
पोस्ट वैदिक काल अर्थात् ९०० देखि ७०० ईसापूर्व सम्म वेश्यावृत्तिलाई प्रोफेशन (पेशा)का रुपमा स्वीकार गरिएको थियो ।
भारतमा लिच्छवी गणराज्यमा राज्यको आदेशमा आम्रपाली वैशालीकी नगरवधु अर्थात् वेश्या भएकी थिइन् । जो पछि गएर गुरु गुद्धको शरण गइन् ।
फरक फरक संस्कृतिमा वेश्यावृत्ति
वेश्यावृत्ति धेरै संस्कृतिसँग घुलमिल भएको छ । यसको प्रमाण गेरडा लर्नरको किताब द ओरिजिन अफ प्रोस्टिट्युशन इन एन्सेन्ट मेसोपोटामिया मा पाइन्छ । उनले लेखेका छन् कि सुमेरियन पुजारी उरुक शहरमा वेश्यावृत्तिलाई रेखदेख गर्दथे ।
यसको उदाहरण कर्नाटकमा हजारौँ वर्षदेखि मनाइने गरेको सौनदत्ति पर्व थियो । जसमा कुमारी कन्याहरुलाई देवी येलम्मालाई समर्पित गरिन्थ्यो । पछि यी युवतीहरुलाई बेचिन्थ्यो ।
युवतीहरुलाई किन्न ठूलाठूला शहरबाट व्यक्तिहरु आउँथे । युवतीको परिवारलाई नियमित यी दलाल हरुबाट पैसा मिल्थ्यो । तर, अहिले कर्नाटक सरकारले यसलाई कुप्रथा भनेर अन्त्य गरेको दाबा गरेको छ ।
१७८० ईसापूर्व बेबीलोनका छैटौँ राजा हम्बुराबीले २८२ कोडको कानून बनाएका थिए । यसमा धारा १७८ देखि १८०, १८७, १९२ मा विशेषगरी वेश्याहरुको अधिकारको कुरा गरिएको थियो ।
त्यतिबेला यहूदी धर्ममा महिलाहरुलाई वेश्यावृत्तिमा रोक लगाइएको थियो तर मिस्र, असीरिया, बेबिलोन र पर्शिया जस्ता देशमा धर्म र संस्कारका साथ वेश्यावृत्तिपनि घुलमिल भएको थियो ।
भारतमा मुगल कालमा फल्योफुल्यो वेश्यावृत्तिको बजार
भारतमा वेश्यावृत्ति फल्नेफूल्ने काम सन् १५२६ पछि मुगल पीरियड अर्थात् बाबर, हुमायुँ, अकबर, शाहजहाँ, औरंगजेब र पछि बाहदुर शाह जफरको शासन सम्म भयो ।
मुगल साम्राज्यमा राजा महाराजाहरुको दरबारमा सुन्दरतालाई बढाबा दिने नाममा सैकडौँ महिलाहरुलाई राखिन्थ्यो । अकबरले आफ्नो समयमा वेश्याहरुलाई वस्नका लागि राजधानी भन्दा बाहिर व्यवस्था गरेका थिए ।
त्यतिबेला सर्वसाधारणका लागि सजिलै वेश्याहरु उपलब्ध नहोउन् भनेर अकबरले कठोर कानून पनि बनाएका थिए । तर, मुगलकालमा रखैल र दासिहरु राख्ने प्रथा अत्यधिक बढेको थियो ।
त्यतिबेला वेश्यावृत्ति अपनाएका महिलाहरुका लागि तवायफ शब्द प्रयोग गरिन्थ्यो । क्वाट्र्ज वेवसाइटका अनुसार लखनऊ लगायत धेरै स्थानमा वेश्यावृत्तिका लागि रण्डी बाजी शब्दको प्रयोग गरिन्थ्यो ।
१६ औँ शताब्दीमा गोवामा शासन गर्नेवाला पुर्तगाली हरुले जापानबाट हजारौँ दास र सेक्स गर्ल ल्याएका थिए । यी महिलाहरुलाई वेश्यावृत्तिमा सरिक गराइएको थियो ।
वेश्याहरुले सजिन्थ्यो शाम–ए–अवध
डा. मोतिचन्द्राले आफ्नो किताब द वल्डृ अफ कोर्टसेन्समा लेखेका छन्, अवध लगायत उत्तरी भारतमा तवायफको नामको अन्त्यमा जान अथवा बाई शब्द जोडिन्थ्यो जसले उनीहरुको पेशागत स्थितिलाई जनाउँथ्यो ।
बीना तलबार वेश्याहरुसँग धेरै पैसा भएपनि सामाजिक स्टाटसको मामिलामा भने उनीहरु सँधै अरुभन्दा पछाडि भएको मान्दछिन् ।
इतिहासकार बीना तलबार ओल्डेनबर्ग ले आफ्नो रिसर्चमा सन् १८५८ देखि १८७७ सम्म ट्याक्स सम्बन्धित जानकारी भएका अभिलेखहरुबाट लखनउका तवायफ (वेश्या)हरुले धेरै कमाउने गरेको देखिने बताउँछिन् ।
राम अवतार गुप्ता मुज्तरको शेर छ
शाम ए अवध ने जुल्फ में गूंधे नहीं हैं फूल,
तेरे बगैर सुब्ह ए बनारस उदास है ।
यसमा शाम ए अवधको प्रयोग तवायफ (वेश्या)हरुको कोठीका लागि गरिएको हो ।
तवायफ(वेश्या) हरुको टर्मसँग जोडिएका कहानीहरु
भारतमा वेश्यावृत्तिमा आवद्ध महिलाहरुलाई धेरै नाम जस्तैः नोची, तवायफ, चकला, देवदासी आदि नामले चिनिन्थ्यो ।
वेश्यावृत्तिसँग जोडिएको कानून बनाउनका लागि ब्रिटिश सरकारले क्यान्टोनमेन्ट याक्ट सन् १८६४ मा ल्याएको थियो । यस कानूनअनुसार मिलिट्री बेसमा सैनिकका लागि तवायफ (वेश्या) राखिन्थ्यो ।
१००० ब्रिटिश सिपाहीहरुका लागि करीब १५ महिलाहरुलाई एउटा ठाउँमा राखिन्थ्यो । यो स्थानलाई चकला भनिन्थ्यो ।
चकलामा बस्नेवाला महिलाहरु जो, गीत गाउने, नृत्य गर्नुका साथै यौन सम्बन्ध बनाउने कलामा पनि एक्सपर्ट थिए, तिनीहरुलाई तवायफ भनिन्थ्यो ।
तवायफहरुसँग वेश्यावृत्ति सिक्न ल्याइने नयाँ केटीहरुलाई नोची भनिन्थ्यो । नोचीहरुनै राजा या ठूला दरबारहरुमा नृत्यका लागि डांसिंग गर्लका रुपमा जान्थे ।
संसारमा १४.४५ लाख करोड रुपैँयाको वेश्यावृत्ति बजार छ ।
संसारका कयौँ देशहरु जस्तै, जर्मनी, नेदरल्याण्ड, डोमिनिकन गणराज्य, केन्या, फिलिपिन्स सेक्स टुरिज्मका रुपमा विशेष छन् ।
हेवोस्कोप रिसर्च इन्टिट्यूटले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि संसारभरी वेश्यावृत्तिको बजार करीब १४.४५लाख करोड भारुको छ ।
संसारमा वेश्यावृत्तिको बजार श्रीलंकाको जिडिपी ६.२९ लाख करोड भारु भन्दा पनि ढाई गुणा धेरै छ ।
वेश्यावृत्तिबाट कमाउने मामिलामा चीन प्रतिवर्ष ५.६७ लाख करोड भारुका साथ शीर्षमा छ । त्यस्तै प्रतिवर्ष २.०५ लाख कराडे भारुका साथ स्पेन दोश्रो नम्बरमा छ ।
राजेश्वरी सुब्रमण्यमले आफ्नो रिसर्चमा नेदरल्याण्डले २००० देखि २००५का बीचमा वेश्यावृत्तिको बजारबाट करीब ६.२१ हजार करोड भारु कमाएको छ जुन त्यसको जिडीपिको करीब ०.४ प्रतिशत भएको उल्लेख गरेका छन् ।
बंगलादेशमा वेश्यावृत्ति लिगल (कानूनी) छ । हरेक वर्ष बंगलादेशको वेश्यावृत्तिको कमाई कम्तिमा १८६ करोड भारु छ ।
भारतमा कत्रो छ वेश्यावृत्तिको बजार ?
इन्टरनेशनल जर्नल अफ सोशल साइन्सको रिसर्चमा राजेश्वरी सुब्रमण्यम ले नेदरल्याण्ड मोडलको आधारमा हेर्दा भारतमा वेश्यावृत्तिको प्रतिवर्ष कमाई ६६ हजार करोड भारु भएको पाइन् ।
सन् २०१६ मा हैवोकस्कोप रिसर्च इन्स्टिट्यूट ले आफ्नो रिसर्चमा भारतमा सेक्स ट्रेन्ड इन्डस्ट्रीको वार्षिक कमाई ६३ हजार करोड भारु भएको बताएका छन् । सन् २०२२ सम्म अरु बढेको अनुमान गरिएको छ ।
के के मुखर्जीले भारत सरकारले गरेको एउटा रिसर्चमा भारतमा सन् १९९३ देखि सन् २००५का बीचमा वेश्यावृत्तिमा ५० प्रतिशत बढोत्तरी भएको थियो ।
भारतमा वेश्यावृत्तिको पेशामा लागेका करीब ३५ प्रतिशत महिला १८ वर्षभन्दा थोरै उमेरका छन् । त्यस्तै ९० प्रतिशत महिला १८ बर्ष भन्दा सानो उमेरमै यो पेशामा आउँछन् ।
सन् २००२मा नै एनएचआरसी युनिफेम आईएसएस प्रोजेक्ट अन्तर्गत ट्रयाफिकिंग विमेन एण्ड चिल्ड्रेन इन इन्डियाको नाममा जारी रिपोर्टमा चाइल्ड सेक्स टुरिज्मको मामिलामा भारतलाई हटस्पट बताइएको थियो ।
रिपोर्टका अनुसार बंगलादेश, नेपाल, थाइल्याण्ड, भूटान लगायत रुस र उज्वेकिस्तान देखि केटीहरु वेश्यावृत्तिका लागि भारत ल्याइन्छन् ।
भारतमा वेश्यावृत्तिमाथि एक्सपर्टहरुको राय
भारतमा वेश्यावृत्तिमा प्रवृत्त महिलाहरुलाई लिएर २ संस्थानहरुले फरक फरक समयमा फरक फरक तथ्यांक निकालेका छन् ।
युनाइटेड नेशन्सको डेटा अनुसार भारतमा ६.५७ लाख सेक्स वर्कर्स छन् । महिला र बाल विकास कल्याण मन्त्रालय को सन् २००४को स्टडी का अनुसार १८ वर्ष पहिला भारतमा २८ लाख फिमेल सेक्स वर्कर्स थिए ।
वेश्यावृत्तिको मामिलामा सर्वोच्च अदालतका वकील विराग गुप्ताले भारतमा वेश्यावृत्ति सरासर अपराध होइन, किनकि दुइै वयस्क व्यक्ति सहमतिले सम्बन्ध बनाउन सक्छन् भन्छन् ।
भारतमा सार्वजनिक स्थानमा कसैलाई प्रलोभन दिनु संगठित रुपमा वेश्यावृत्ति गराउनु, नाबालिग व्यक्तिलाई वेश्यावृत्ति गराउनु, सार्वजनिक स्थानमा अश्लिलता अपराध हो ।
इमोरल ट्रयाफिक (प्रिवेंशनं) याक्ट सन् १९८६ का अनुसार कुनै सेक्स वर्करले कसैलाई शारीरिक सम्बन्धका लागि उक्साउन पाउँदैनन्, यो दण्डात्मक अपराध हो ।
कुनै सेक्स वर्करले आफ्नो फोन नम्बर सार्वजनक गर्न पाउँदैनन् । यस्तो गरेमा ६ महिनाको सजाय र जरिबाना तिर्नुपर्छ ।
साथै कुनै सार्वजनिक स्थानमा वेश्यावृत्ति गरेका ३ महिना सजाय र जरिवानाको प्रावधान रहेको छ ।
मूल लेख : https://www.bhaskar.com/db-original/news/mughal-vedic-period-vs-sex-work-legal-complete-history-of-prostitution-in-india-129866628.html
लेखकः अनुराग आनन्द
अनुवादकः पृथ्वीराज पोख्रेल