सारांश सूची
१. प्रिमियम पिक : सोनी डब्लुएफ १०००एक्सएम४ (८.५०।१०)
२. इडिटर्स चोइस : सेनहाइजर मोमेन्टोम टिडब्लु३ (८.००।१०)
३. बेस्ट भ्याल्यु : जब्रा एलिट ३ (८.००।१०)
४. गुगल पिक्सेल बड्स ए सिरिज (८.००।१०)
५. जब्रा एलिट ७ प्रो (७.००।१०)
६. एंकर साउण्डकोर लिबर्टी ३ प्रो (८.५०।१०)
७. बेस्ट भ्याल्यु : एंकर साउन्डकोर लिबर्टी एअर २ प्रो (७.५०।१०)
८. सामसुंग ग्यालेग्सि बड्स प्रो (८.५०।१०)
९. जे बर्ड भिस्ता २ (७.५०।१०)
१०. क्रियटिभ आउटलेयर एअर भि३ (७.००।१०)
सुरुवातमा एप्पलको एअरपड्का प्रतिस्पर्धी धेरै नहुँदा वायरलेस इयरवड्लाई जुन रुपमा हेरिन्थ्यो त्यो भन्दा धेरै राम्रा वायरलेस इयरवड्सहरु अहिले बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । एप्पलको इयरपड्स उत्कृष्ट १० भित्र पनि पर्न सकिरहेको छैन । सुरुवातका इयरवड्स भन्दा अहिलेको वायरलेस इयरवड्को श्रेणी धेरै फरक छ ।
अहिलेतपाईँले साँच्चिकै राम्रो वायरलेस इयरवड्स किन्न सक्नुहुन्छ । साउन्ड क्वालिटी, कम्फर्ट, पानी र पसिना प्रतिरोधक, ब्याट्री लाइफ र स्मार्ट सुविधाहरुपनि थोरै पैसामै उपलब्ध हुन्छन् ।
तर यी राम्रा इयरवड्सको अप्सन पनि धेरै छन् । गुगलमा या अमेजनमा सर्च गरेर स्क्रोल गर्दै इयरवड्स छान्न गाह्रो हुन्छ । त्यसैले हामीले सबैभन्दा राम्रा इयरवडहरुको एउटा सूची तयार गरेका छौँ । जसले विभिन्न क्याटागोरीलाई कभर गर्छन् । यसले तपाईलाई निर्णय लिन पनि सहयोग पुग्ने अपेक्षा गर्छौँ ।
१. सोनी डब्लुएफ १०००एक्सएम ४ (Sony WF-1000XM4)
रेटिङ् ८.५०।१०
सोनीको यो इयरवडले वायरलेस इयरवडको नयाँ स्ट्यान्डर्ड दर्शाउँछ । यसमा एक्सिलेन्ट अडियो क्वालिटीका सँगसँगै नोइज क्यान्सलेसन र ब्याट्री लाइफ पनि उपलब्ध छ ।

सोनीका पहिलाका इयरवड्सको तुलनामा सोनीको यो इयरवड केही सानो छ । लामो समयसम्म सुन्नका लागि पनि कानमा कम्फर्ट हुनेगरी फिट हुन्छ ।
नियमीत एसबीसी र एएसी कोडेडका साथ यो इयरवड अविश्वसनीय लाग्छ । सोनीको एन्ड्रोइड फोनका लागि हाई क्वालिटीको एलडीएसी अनुकुल बनाइएको छ । जबकि आइफोन उपयोगकर्ताहरुको साउन्डींग अझैपनि एएसीमा मात्रै सिमीत छ ।
याक्टिभ नोइज क्यान्सलेसन यसको महत्वपूर्ण कुरा हो । यसले सामान्य स्ट्रीट ब्याकग्राउण्ड नोइज सँगै प्लेनको आवाज पनि रोक्छ । जुन अरु वायरलेस इयरवडको तुलनामा अद्वितीय हो ।
२८० डलरमा यो इयरवड सस्तो त होइन तर यदि तपाईले साँच्चिकै राम्रो इयरवड किन्ने हो भने यो उत्तम विकल्प हो ।
विशेष विवरण
ब्याट्री लाइफ : ८ घण्टा (केसका साथ २४)
नोइज क्यान्सलेसन : गर्छ
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुतुथ ५.२
आइपी रेटिंग : आइपिएक्स ४
वाटरप्रुफ : होइन (केवल पसिना र पानीको छिँटा मात्रै रोक्छ)
चार्जिंग : युएसबी सी, वायरलेस चार्जिंग
विशेषता
अडियो क्वालिटी
कम्फर्ट र फिट
याक्टिभ नोइज क्यान्सिलेसन
दोष
साइज र डिजाइन
एक्सपेन्सिभ (महंगो)
२. सेन्हाइजर मोमेन्टम टिडब्लु३ (Sennheiser Momentum TW 3)
रेटिंग ८.००।१०

टप साउन्ड क्वालिटी भएको इयरवड खोज्ने हो भने पक्कै पनि सेनहाइजरको मोमेन्टम ट्रु वायरलेस ३ राम्रो विकल्प हो ।
पहिलाको २ जेनेरेसन जस्तै ट्रस वायरलेस ३ले उत्कृष्ट साउन्ड क्वालिटी दिन्छ, जसलाई आवश्यकताअनुसार चेन्ज गर्न सकिन्छ । इक्वलाइजर सेटिंग पनि उपलब्ध छ ।
याक्टिभ नोइज क्यान्सिलेसन राम्रो छ तर सोनीको टेक्नोलोजि जति राम्रो भने छैन । सोनीको तुलनामा ब्याट्री लाइफ भने यसको राम्रो छ । त्यस्तै यसमा वायरलेस चार्जिंग केस पनि छ ।
यो इयरवड हलुका र आरामदायक छ तर अघिल्लो जेनेरेसनमा सानो कान भएका व्यक्तिलाई आरामदायी थिएन । त्यसैले किन्दाखेरी यो कुरालाई विचार पुर्याउनुपर्छ ।
यसको सबैभन्दा राम्रो कुरा भनेको यसको अघिल्लो जेनेरेसन भन्दा यसको मूल्य ५० डलरले कम छ ।
राम्रो साउन्ड क्वालिटी खोज्ने हो भने सेन्हाइजरको यो इयरवड राम्रो छनौट हुनसक्छ ।
विशेष विवरण
ब्याट्री लाइफ : ७ घण्टा (केसका साथ २१ घण्टा)
नोइज क्यान्सिलेसन : छ
मोनो लिसनिंग : छैन
कनेक्टिभिटी : ब्लुतुथ ५.२
आइपी रेटिंग : आइपीएक्स ४
वाटरप्रुफ : छैन (पसिना भने रोक्छ)
मूल्य : २५० डलर
विशेषता
अघिल्लो जेनेरेसन भन्दा कम मूल्य
वायरलेस चार्जिंगका साथ राम्रो ब्याट्री लाइफ
रिच साउण्डका साथै याक्टिभ नोइज क्यान्सिलेसन
दोष
ठूलो चार्जिंग केस
अझै पनि एक्सपेन्सिभ च्वइसमा पर्छ
मल्टिपल सपोर्ट छैन
३. जब्रा एलीट ३ (Jabra Elite 3)
रेटिंग ८.००।१०

जब्रा बजेट अनुकुल छ । इयरवड एलीट ३ आइकोनिक एलीट ७५टी जस्तै जस्तै छ । तर त्यसभन्दा फरक कुरा भनेको यो सस्तो छ ।
जब्राको हेडफोन डिजाइन बेस्ट छ । कानमा मज्जाले फिट हुने इयरवड कसरी बनाउनुपर्छ भन्ने जब्रालाई थाहा छ ।
दोश्रो एलीट ३ पनि सस्तो पैसामा बेटर साउन्डका साथ उपलब्ध छ ।
तेश्रो हो एक्सिलेन्ट कल क्वालिटी । ४ वटा डेडिकेटेड माइक्रोफोनका साथ ब्याकग्राउन्ड नोइज क्यान्सिलेसन पनि यसको राम्रो छ ।
र अन्त्यमा, इयरवड आइपी अ५५ वाटर रेसिस्टेन्ट छ र सात घण्टासम्म ब्याट्री टिक्छ । कुनै तामझाम यसमा छैन । याक्टिभ नोइज क्यान्सिलेसन र फेन्सि एअर क्यान्सल प्रेसर लोअरिंग डिजाइन पनि यसमा छैन ।
वायरलेस चार्जिंग पनि यसमा छैन । यो कुनै ठूलो समस्या त होइन तर केस युएसबीले पनि छिटै चार्ज हुन्छ ।
विशेष विवरण
ब्याट्री लाइफ : ७ घण्टा (केससँगै २८ घण्टा)
नोइज क्यान्सिलेसन : निष्क्रिय
मोनो लिसनिंग : छ
आइपी रेटिंग : आइपी५५
चार्जिंग : युएसबी सी
मूल्य : ६० डलर
विशेषता
मूल्य सस्तो छ
मूल्य अनुसार साउन्ड क्वालिटी ठिक छ
आइपी५५ मा वाटर रेसिस्टेन्स
दोष
कुनै वायरलेस चार्जिंग छैन
साउन्ड हेभि बास छ ।
४. गुगल पिक्सेल बड्स ए सिरिज (Google Pixel Buds A-Series)
रेटिंग ८.००।१०

गुगलले उपयुक्त मुल्यमा राम्रो डिजाइन बनाउने लक्ष्य राखेर इयरवड बनाउँदा गुगल पिक्सेल बड्सको ए सिरिज बनाएको छ । यसमा गुगल सफल पनि भएको छ । गुड अडियो क्वालिटी र कम्फर्टेबल फिट पनि यसमा देखिन्छ ।
तर, ए सिरिजसँगै नोइज सप्रेसन र वायरलेस चार्जिंगसहित केही सुविधाहरुलाई हटाइएको छ र ब्याट्री लाइफ पनि थोरै छ ।
बेस्ट अडियो क्वालिटी र एएनसी नखोज्ने हो भने यो इयरवड अलराउन्डर छ । उदाहरणका लागि लामो यात्रामा म्युजिक सुन्न र फोन गर्न यो एकदम सही छ ।
तर, यो इयरवड लगाएर व्यायाम गर्दा भने सावधान हुनुपर्छ, किनकि यो वाटरप्रुफ होइन । तर पनि, १०० डलरभन्दा थोरैमा यो हाम्रो बजेट पिक हो ।
विशेष विवरण
ब्याट्री लाइफ : ५ घण्टा (केससँगै २४ घण्टा)
नोइज क्यान्सिलेसन : छैन
मोनो लिसनिंग : छ
ब्लुटुथ : ५.०
आइपी रेटिंग : आइपीएक्स ४
सपोर्टेड कोडेक्स : एएसी, एसबीसी
तौल (इयरवड्स) ५.१ ग्राम (प्रत्येक)
आयाम (इयरवड्स) : २०.७ इन्टु २९.३ इन्टु १७.५ मिमी
चार्जिंग : युएसबी सी
ड्राइभर साइज : १२ एमएम
मूल्य (एमएसआरपी) : ९९ डलर
मूल्य : ९९ डलर
विशेषता
कम्फर्ट
अडियो क्वालिटी
मूल्य
दोष
वायरलेस चार्जिंग छैन,
एएनसी छैन
५. जब्रा एलीट ७ प्रो (Jabra Elite 7 Pro)
रेटिंग ७.००।१०

जब्रा ट्रु वायरलेस इयरवडको बजारमा राम्रो स्ट्राटेजीका साथ प्रतिस्पर्धा गरिरहेको छ । साउन्ड क्वालिटी, ब्याट्री लाइफ, कम्फर्ट र कल क्वालिटीमा समानता देखिन्छ । याक्टिभ नोइज क्यान्सिलेसन र कम्फर्ट इस्युको प्रतिस्पर्धामाय अझैपनि यो अरुभन्दा अगाडि देखिन्छ ।
हामीले गरेको रिभ्युमा एलीट ७प्रो इयरवड्स लगभग सबै परिस्थितिका लागि राम्रो भेटियो । यदि धेरै कल गर्ने हो भने यसको प्रतिस्पर्धी बजारमै छैनन् ।
हाई क्वालिटी नोइज क्यान्सिलेसन माइक्रोफोनसँगै जब्राले बोन कन्डक्सन सेन्सर पनि प्रयोग गरेको छ ।
जसले ज मा भाइब्रेसन र हल्लाखल्ला भएको वातावरणमा नोइज क्यान्सिलेनको काम गर्छ ।
१८० डलरमा एलिट प्रो अरुभन्दा राम्राे छ तर तपाईले सबैकुरामा राम्रो भएको इयरवड चाहनुहुन्छ कि हुँदैन त्यो मुख्य कुरा हो ।
विशेष विवरणः
ब्याट्री लाइफ : ८ घण्टा (केससँगै ३०)
नोइज क्यान्सिलेसन : छ
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुटुथ ५.२
आइपी रेटिंग : आइपी ५७
वाटरप्रुफ : हो
चार्जिंग : युएसबी सी
विशेषताः
ब्याट्री लाइफ
कम्फर्ट र साइज
दोष
एएनसी
एभरेज फिट
६. एंकर साउन्डकोर लिबर्टी ३ प्रो (Anker Soundcore Liberty 3 Pro)
रेटिंग ८.५०।१०

एंकरको नयाँ साउन्डकोर लिबर्टी ३ प्रो को दुवै पेयरबाट बेस्ट साउन्ड क्वालिटी पाउन सकिन्छ ।
एक्सिलेन्ट एएनसी र डिसेन्ट कल क्वालिटी, औसत भन्दा राम्रो ब्याट्री लाइफ र यापको प्रयोग पनि यसमा पाइन्छ । यो एउटा राम्रो वायरलेस इयरवड हो ।
त्यस्तै यो केही ठूलो र गह्रौँ पनि छ । विशेषगरी धेरै काम गर्ने व्यक्तिहरुलाई यो मन नपर्न सक्छ । आइपीएक्स ४ वाटर रेजिस्टेन्स रेटिंग छ । हल्का वर्षा र पसिनालाई यसले रोक्दैन तर बजारमा उपलब्ध केही बेस्ट साउन्डिंग बडहरुमध्ये यो एक हो ।
विशेष विवरणः
ब्याट्री लाइफ : ७ घण्टा (एएनसी अफ), ६ घण्टा (एएनसी अन) ५ घण्टा (एलडीएस इनेबल)
नोइज क्यान्सिलेसन : छ
मोनो लिसनिंग : छ (इन्डिपेन्डेन्ट लिसनिंग पनि छ, एएनसी ट्रान्सपरेन्सी पनि छ)
ब्लुतुथ : ५.२
आइपी रेटिंग : आइपीएक्स ४
समर्थित कोडेक्स : एसबीसी, एएसी, एलडीएसी
चार्जिंग : युएसबी सी र वायरलेस चार्जिंग
मूल्य (एमएसआरपी) : १७० डलर
विशेषताः
एक्सिलेन्ट साउन्ड क्वालिटी
इम्प्रेसिभ ब्याट्री लाइफ
युजफुल याप एक्सपिरियन्स
मल्टिपोइन्ट सपोर्ट
दोष
प्रतिस्पर्धीहरुझैँ पोर्टेबल छैन, गह्रौँ पनि छ
टच कन्ट्रोल पनि राम्रो छैन
आइपीएक्स ४ मात्रै
७. एंकर साउन्डकोर लिबर्टी एयर २ प्रो (Anker Soundcore Liberty Air 2 Pro)
रेटिंग ७.५०।१०

इयरवडमा लगानी गर्ने हो भने साउन्डकोरको उत्कृष्ट लिबर्टी एयर २ प्रो निश्चित रुपमा विचारणीय हुनसक्छ ।
इयरपड्सको लुक्सलाई मन पराउने हो भने, वायरलेस चार्जिंग र बजेट योग्य एएनसी जस्ता अपसाइडका साथ १२० डलर भन्दा कम मूल्यमा प्राप्त गर्न सकिन्छ ।
कल क्वालिटी राम्रो छैन । इयर डिटेक्सन सेंसर संवेदनशील छ, सामान्य हलचलमा पनि म्युजिक रोकिन्छ ।
तर, एंकर साउन्डकोर को मूल कम्पनी सामान्य बगहरु ठीक गर्नका लागि सफ्टवेयर अपडेट जारी गर्ने काममा अगाडि छ ।
विशेष विवरण
ब्याट्री लाइफ : ७ घण्टा (केसका साथ २६)
नोइज क्यान्सलेसन : छ
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुटुथ ५
आइपी रेटिंग : आईपीएक्स ४
वाटर प्रुफ : छैन (पसिना र छिटा प्रतिरोधक)
चार्जिंग : यूएसबी सी र वायरलेस चार्जिंग
विशेषता
ग्रेट एएनसी
वायसलेस चार्जिंग
दोष
सेन्सेटिभ सेन्सर जसले गर्दा म्युजिक अटोमेटिकल्ली रोकिन्छ ।
८. सामसुंग ग्यालेक्सी बड्स प्रो (Samsung Galaxy Buds Pro)
रेटिंग : ८.५०।१०

ग्यालेक्सी बड्स प्रो सामसुंगको ४ वर्षको मिहीनेत हो । सामसुंगले राम्रो वायरलेस इयरवड बनाउनका लागि ४ वर्ष खर्च गरेको हो । तर, केही व्यक्तिहरुले यो वड्स लगाउँदा एलर्जी हुने गरेको अनुभव सुनाएका छन् ।
यसको मुख्य कुरा भनेको यसको डिजाइन हो । ज्वेलरी बक्स स्टाइल केसमा यो वड्स सबैलाई देखाउँ देखाउँ लाग्ने खालको देखिन्छ ।
सामसुंग ग्यालेक्सीले पहिल्यैदेखि नै ग्यालेक्सी बड्स प्लसदेखिनै साउन्ड क्वालिटीमा इम्प्रुभ गर्दै आएको छ । एडजस्टेबल याक्टिभ नोइज क्यान्सिलेसनमा सुधार गरेको छ ।
ग्यालेक्सि वेयरेवल यापका माध्यमबाट याक्टिभ नोइजमा नियन्त्रण गर्न सकिन्छ । जबकि सामसुंग इयरबड्स स्पष्ट रुपमा सामसुंगको उपकरणका लागि अनुकुल छ ।
सामसुंगका उत्पादनका बीच फास्ट पेयर, अटो पेयरिंग र एडपड्स स्विचिंग जस्ता सुविधाहरु छन् । यसले एन्ड्रोइड इकोसिस्टममा राम्रोसँग काम गर्छ ।
यो आइपीएक्स७ वाटर रेसिस्टेन्स पनि छ, जसले वर्कआउटका लागि यो वडलाई उपयुक्त बनाउने काम गरेको छ ।
विशेष विवरण
ब्याट्री लाइफ : ८ घण्टा (केसका साथ २८)
नोइज क्यान्सिलेसन : छ
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुटुथ ५.०
आइपी रेटिंग : आइपीएक्स ७
वाटरप्रुफ : हो
चार्जिंग : युएसबी सी र वायरलेस चार्जिंग
विशेषता
अडियो क्वालिटी
एएनसी
दोषः
अटो अफ छैन
ए भी सिंक
९. जेबर्ड विस्टा २ (Jaybird Vista 2)
रेटिंग ७.५०।१०

जेवर्ड विस्टा वर्कआउटका लागि बेस्ट इयरवड हो, जसको साउन्ड क्वालिटी पनि गुड छ ।
यसकाे सक्सेसर, सन् २०२१ मा रिलिज भएको थियो, त्यसको डिजाइन, फिट, साउन्ड क्वालिटी, ब्याट्री लाइफ र वाटर प्रोटेक्सनमा सुधार गरिएको छ र याक्टिभ नोइज क्यान्सिलेसन पनि थप गरिएको छ ।
जेबर्डले कम्फर्ट र अर्थप्रुफ डुर्याबिलिटीलाइ सिरियस्ली लिएको देखिन्छ । यो इयरबड्सका तीन टिप आकार हुन्छन्, जसलाई हामीले अधिकांश प्रतियोगितामा उत्कृष्ट पायौँ ।
एमआइएल एसटिडि ८१०जी रेटिंगका साथ आइपी६८ वाटर र डस्ट इन्ग्रेस प्रोटेक्सन रेटिंगले यसलाई एक्सट्रीम वेदरका लागि पनि उपयुक्त बनाएको छ । आइस र स्नो मा काम गरिँदै छ भने भन्न सकिन्न ।
विस्टा २ को गुप्त हतियार भनेको यसको जेबर्ड याप हो । जसबाट एएनसी इन्टेन्सिटी र कस्टुम इक्विलाइजेन सेटिंग मिलाउन सकिन्छ ।
२०० डलरमा जेबर्ड भिस्टा सस्तो त होइन तर यदि सर्वोत्तम बड्स किन्न चाहने हो भने यो उत्तम विकल्प हो ।
विशेष वितरण
ब्याट्री लाइफ : ८ घण्टा (केससँगै २४)
नोइज क्यान्सिलेसन : छ
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुटुथ ५.२
आइपी रेटिंग : आईपी ६८
वाटरप्रुफ : हो
चार्जिंग : यूएसबी सी र वायरलेस चार्जिंग
विशेषता
एक्सिलेन्ट फिट
टफ र वाटरप्रुफ
ब्याट्री लाइफ
दोष
एययच एएनसी
चार्जिंग टाइम
१०. क्रियटीभ आउटलेयर एयर भि३ (Creative Outlier Air V3)
रेटिंग ७.००।१०

तपाईले पक्कैपनि क्रियटिभ आउटलेयर एअर भी३ का बारेमा सुन्नुभएको छैन होला । तर यदि राम्रो वायरलेस इयरवड्स खोज्ने हो भने यो पनि किन्न सकिन्छ ।
क्रियटिभ आउटलेयरले धेरै कुरा दिन सक्छ । पहिलो त यो सस्तो छ । यसको मुल्यमा राम्रो एएनसी, वायरलेस चार्जिंग र उत्कृष्ट ब्याट्री लाइफ पाइन्छ ।
तर, राम्रो भने नदेखिन सक्छ र यसमा महंगा मोडलको जस्तो साउन्ड क्वालिटी पनि नपाइन सक्छ ।
दिनदिनै म्युजिक सुन्ने र धेरै कल गर्ने व्यक्तिहरुका लागि यो उपयुक्त हुन्छ । यसको आइपिएक्स५ रेटिंग यसलाई पानीबाट बचाउन र वर्षाबाट बचाउनका लागि राम्रो छ ।
सस्तो इयरवडको खोजीमा हुनुहुन्छ भने यो उपयुक्त विकल्प हो तर एएनसी र एक्सिलेन्ट अडियो क्वालिटी भने तपाईले खोजेजस्तो नहुन सक्छ ।
विशेष विवरणः
ब्याट्री लाइफ : १० घण्टा (केसका साथ ४०)
नोइज क्यान्सिलेसन : छ (याक्टिभ नोइज रिडक्सन)
मोनो लिसनिंग : छ
कनेक्टिभिटी : ब्लुटुथ ५.२
आइपी रेटिंग : आइपीएक्स ५
वाटर प्रुफ : हो
चार्जिंग : युएसबी सी र वायरलेस चार्जिंग
विशेषता
ब्याट्री लाइफ
वायरलेस चार्जिंग
मूल्य
दोषः
डिजाइन र चार्जिंग केस
अडियो क्वालिटी
पुर एएनसी
सबैभन्दा राम्रो वायरलेस इयरवड कुन हो ? जसलाई तपाईले किन्न सक्नुहुन्छ ?
यो भन्नु अनुपयुक्त नहोला कि, हिजोआज ५० डलर भन्दा माथिका वायरलेस इयरवड्सहरु जुनसुकै किन्दाप नि खासै फरक पर्दैन । ती सबै राम्रा छन् । तर केही कम्पनीहरुले असाधारण उत्पादन गरिरहेका छन् र तिनीहरुको उल्लेख माथि गरिसकियो । उदाहरणका लागि सोनीले डब्लुएफ १०००एक्सएम४ का साथ सूचीको शीर्ष स्थानमा आफ्नो स्थान आर्जित गरेको छ ।
तपाईँ साउन्ड क्वालिटी र सेनहाइजर मोमेन्टम ट्रु वायरलेस ३ को प्रिमियम डिजाइनबाट पनि चकित हुन सक्नुहुन्छ । त्यो सस्तो छैन तर रिच साउन्डको खोजी गर्ने हो भने यो बेस्ट अप्सन हो ।
नोइज क्यान्सिलेसन सोनीको जस्तो राम्रो त छैन तर ब्याट्री लाइफ भने कमालको छ । यो सेनहाइजरको लास्ट जेन मोमेनटम ट्रु वायरलेस हेडफोन भन्दा ५० डलर सस्तो छ ।
यदि साउन्ड क्वालिटी तपाईँलाई चाहिँदैन भने त एंकरको साउन्डकोर लिबर्टी ३प्रो पनि तपाईको लिस्टको टपमा पर्न सक्छ । स्मल प्याकेजमा राम्रो सुविधा पाउन सकिन्छ ।
एंकरको यापमा रहेको इक्यु फिचरले पनि यसलाई राम्रो बनाउन मद्दत गरेको छ ।
बजेटको पक्षबाट हेर्दा गुगल पिक्सेल ए सिरीजमा धेरै विकल्प छन् । एक्सेप्सनल कम्फर्ट र प्रयोग गर्न सजिलोका लागि जब्राको एलीट ३ उत्कृष्ट छ । त्यसको साउन्ड क्वालिटी पनि प्रभावित पार्ने खालको छ ।
अन्त्यमा यदि वर्कआउट गर्ने हो भने जेबर्डको असाधारण विस्टा २ इयरवड महंगो भएपनि राम्रो छ । घण्टौसम्म कानबाट फुत्किँदैन ।
मूलरुपमा Android Police मा प्रकाशित याे लेखलाई अनुवाद गरिएकाे हाे ।