काठमाडौं । युईएफए च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जितेको छ ।
नेपाली समयअनुसार आइतबार बिहान १ बजे सुरु भएको च्याम्पिन्स लिगको फाइनल खेलमा रियल मड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमा मड्रिडका बेन्जेमाले गरेको गोल अफसाइड करार भएको थियो । पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेनन् ।

खेलको ५९ अौँ मिनेटमा रियल मड्रिडका भिनिसियस जुनियरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए, त्यही गोल नै निर्णायक गोल बन्यो ।
योसँगै रियलले १४अौँ पटक च्याम्पिन्स लिगको उपाधि जितेको हो ।


