काठमाडौं। नेपाल अडिटर्स एसोसिएसन (अडान) उपत्यका प्रदेशको छैटौं अधिवेशन हुने भएको छ ।
अडान उपत्यका प्रदेशको छैटौं अधिवेशन शनिबार नयाँ बानेश्वरको अल्फा हाउसमा हुने भएको हो ।
‘बिहान ११ बजे सुरु हुने कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका २८५० जना प्रतिनिधि सहभागी हुनसक्ने’ अडान- काठमाडौं जिल्लाका उपाध्यक्ष ईश्वर पौडेलले विचारलाई जानकारी दिनुभयो ।
अधिवेशन ‘नेपाल अडिटर्स एसोसिएसन (अडान)’ केन्द्रका अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।