संस्कृतमा के लेखिएको छ वर्स युनिभर्सिटीका भित्तामा ?

संस्कृतमा के लेखिएको छ वर्स युनिभर्सिटीका भित्तामा ?

पोल्याण्डको वर्स विश्वविद्यालयको पुस्तकालयको भित्तामा संस्कृत भाषामा अक्षरहरु कुँदिएको छ ।

वेदका मन्त्र एवं उपनिषद् र भागवतगीताका श्लोकहरु त्यहाँ कुँदिएका छन् । धेरैले गुगल ट्रान्सलेट गरेर त्यसको गलत अर्थ दिने गरेका छन्, तर हामी यहाँ त्यसको सटिक अर्थ दिने छौँ ।

सबैभन्दा माथि गायत्री मन्त्र लेखिएको छ । जुन ऋषि विश्वामित्रले सूर्यको उपासनका लागि रचेको मन्त्र हो ।

ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥

यसको अर्थ हुन्छ :- आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।

त्यसपछि मुण्डकोपनिषद्का श्लोकहरु लेखिएको छ ।

(महर्षि अंगिराको वाणी हो )
द्वे विद्ये वेदितव्ये इति ह स्म यद्ब्रह्मविदो वदन्ति परा चैवापरा च ।।
(ब्रह्मवेत्ताहरुका अनुसार (भन्दछन्) दुई प्रकारका विद्याहरु जान्न योग्य छन् । १) पराविद्या २) अपरा विद्या । )

तत्रापरा ऋग्वेदो यजुर्वेदः सामवेदो$थर्ववेदः शिक्षा कल्पो व्याकरणं निरुक्तं छन्दो ज्योतिषमिति । अथ परा यया तदक्षरमधिगम्यते ।
(तिनमा ऋग्वेद, यजुर्वेद, सामवेल, अथर्ववेद, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी अपरा हुन् तथा जसमा त्यस अक्षर परमात्माको ज्ञान हुन्छ त्यो परा हो ।)

अब गीताको श्लोक आउँछ ( अध्याय १३, श्लोक संख्या 7-11)
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ।
इन्द्रियार्थेषु वैराग्यमनहङ्कार एव च ।
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ।
असक्तिरनभिष्वङ्गः पुत्रदारगृहादिषु
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ।
अध्यात्मज्ञानित्यत्वं तत्त्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोन्यथा ।।

इन्द्रिय विषयहरुका प्रति उदासीनता, अहंकारको अभाव, कष्टहरु एवं खराब प्रवृत्तिहरु (नश्वर जीवनमा नीहित) को ज्ञान:- जन्म, मृत्यु, व्याधि, वृद्धावस्था र मृत्यु

अनाशक्ति, सन्तान, पत्नी र गृह आदिका साथमा आत्माको एकरुपता को अभाव, प्रिय तथा अप्रिय परिस्थिति हरुमम निरन्तर समान चित्त रहनु ।

अपृथकताको योगद्वारा मप्रति (ईश्वरप्रति) सच्चा निष्ठा, एकान्त स्थानको शरण लिनु, सांसारिक व्यक्तिहरुको संगतिबाट बच्नु ।

आत्मज्ञानमा दृढता र समस्त ज्ञानको वस्तुको ध्यानयुक्त बोध – त्यसका निहित वास्तविक सार अथवा अर्थ । यी सबै गुणले ज्ञानको निर्माण गर्छन्, यिनिहरुको विपरीत गुण अज्ञान हो ।

Warsaw University Library Wall