कोस्टारिकाको सर्वोच्च अदालतको आदेशका अनुसार त्यहाँ २६ मेमा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ । यसका साथै कोस्टारिका समलैंगिक विवाहलाई कानूनी रुपमा वैध बनाउनेवाला दक्षिण अमेरिकाको आठौँ देश बनेको छ । अहिले संसारमा कम्तिमा २९ देशहरुमा समलैगिक विवाहको अनुमति छ ।
ती देशहरु हुन्,
अमेरिका – अमेरिकामा सन् २००४ मा केवल एउटा राज्यमा समलैंगिक विवाहलाई मान्यता दिइएको थियो । तर, सन् २०१५ सम्म सबै ५० वटा राज्यमा कानूनी वैधता प्राप्त भैसकेको छ । सबै राज्यमा फरक फरक कानून छ ।
ब्रिटेन – यूनाइटेड किंगडमका सबै भागमा समलैंंगिक विवाह मान्य छ । इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सन् २०१४ मा मान्यता दिइएको थियो र नर्दन आयरल्याण्डमा जनवरी २०२० मा मान्यता दिइएको थियो । यसका साथै १४ ब्रिटिश ओभरसीज टेरिटरीजमध्येमा नौवटामा समलैंगिक विवाह मान्य छ ।
फ्रांस – फ्रान्समा सन् २०१३ मे देखि समलैंगिक विवाह कानूनी हो । यो वैधता मेट्रोपोलिटन फ्रान्स र फ्रेञ्च ओभरसीज टेरीजरिजमा पनि लागू भएको छ । फ्रान्समा एउटा सिभिल यूनियन योजना नोभेम्बर १९९९ देखि लागू भएको थियो, जसकै मातहतमा समलैंगिक जोडीले सम्बन्ध कायम गर्न सक्दछन् ।
जर्मनी – जर्मनीमा समलैंगिक विवाहलाई अक्टोबर सन् २०१७ मा मान्यता दिइएको थियो । तर, जर्मनीमा सन् २००१ देखि नै समलैंगिक जोडीलाई विवाहका सिमित अधिकारहरु प्राप्त थिए ।
अष्ट्रेलिया – अष्ट्रेलियामा सन् २०१७ देखि समलैंगिक विवाह वैध छ । कानून पारित हुनुभन्दा पहिला पुरै अष्ट्रेलियाभरी हुलाकमार्फत् एउटा सर्वेक्षण पनि गरिएको थियो, जसमा ६१.६ प्रतिशत मान्छेले समलैंगिक विवाहलाई कानूनी मान्यता दिने कुराको समर्थन गरेका थिए ।
ब्राजिल – ब्राजीलमा समलैंगिक विवाह सन् २०१३ को मे देखि कानूनी रुपमा वैध छ । समलैंगिक सम्बन्धलाई मान्यता सन् २००४ देखि नै प्राप्त थियो र विवाहका सीमित अधिकार सन् २०११ मा मिलेको थियो ।
क्यानडा – क्यानडाका केही प्रान्तहरुमा सन् २००३ देखि नै समलैंगिक विवाहले मान्यता पाउन शुरु गरेको थियो र सन् २००५ को जुलाईमा देशभरी लागू भएको थियो ।
नेदरल्याण्ड्स – अप्रिल सन् २००१ मा नेदरल्याण्ड्स समलैंगिक विवाहलाई कानूनी मान्यता दिने संसारको पहिलो देश बनेको थियो । त्यहाँ समलैंगिक जोडिलाई रजिस्टर्ड पार्टनरशिप सन् १९९८ को जनवरी देखि नै उपलब्ध थियो ।
दक्षिण अफ्रिका – दक्षिण अफ्रिका अफ्रिकाको एकमात्र देश हो जहाँ समलैंगिक विवाह कानूनी रुपमा मान्य छ । त्यहाँ समलैंगिक विवाहले सन् २००६ को नोभेम्बरमा कानूनी मान्यता पाएको थियो ।
ताइवान – ताइवानमा समलैंगिक विवाहलाई सन् २०१९ को मे महिनामा कानूनी मान्यता दिइएको थियो । ताइवान यो मान्यता दिनेवाला एशियाको एकमात्र देश हो । परन्तु, समलैंगिक जोडिले धर्मपुत्र ग्रहण गर्न पाउने अधिकार जस्ता केही अधिकार भने अहिलेसम्म पनि प्राप्त छैनन् ।
२० अन्य देश
यसका अलावा समलैंगिक विवाहलाई अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, कोलम्बिया, डेनमार्क, इक्वेडोर, फिनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, लक्जमबर्ग, माल्टा, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल, स्पेन, स्वीडेन र उरुग्वेमा पनि कानूनी मान्यता प्राप्त छ । यी बाहेक मेक्सिको र इज्रायलमा सीमित रुपमा यसलाई मान्यता दिइएको छ ।