भारत । आदिला र फातिमाका मातापिताले दुवैलाई जबर्जस्ति एकअर्कासँग अलग गरेका थिए तर एउटा बन्दीप्रत्यक्षीकरणको मागमा सुनुवाई गर्दै केरलको उच्च अदालतले उनीहरुलाई फेरि एक बनाएको छ ।
२२ वर्षकि आदिला नाजरीन र फातिमा नूरा पहिला साऊदी अरबमा बस्दथे । पाँचवर्ष अघि साउदीमा रहँदानै उनीहरु प्रेम सम्बन्धमा गाँसिए । दुवैका परिवार उनीहरुको सम्बन्धको विरुद्धमा थिए । सन् २०१९ मा दुवैले आफ्ना परिवारलाई साऊदीमै छोडेर केरल आए ।
यति गर्दा पनि दुवैको परिवारले विरोध गरिराख्यो । मीडिया रिपोर्टका अनुसार परिवारद्वारा प्रताडित भएपछि दुवैले एलजीबिटीक्युआई समुदायका व्यक्तिलाई मद्दत गर्ने कोझिकोडमा रहेको संस्था वान्या कलेक्टिवको शरण लिए ।
परिवारले गर्यो प्रताडित
त्यसपछि नूराका परिवारले उनलाई त्यहाँबाट जबर्जस्ती लाने कोशिस गर्यो तर पुलिसको सहायताले यो कोशिश विफल भयो । तर परिवारले दुवैलाई अलग गर्ने कोशिश भने जारी राखे ।
(भारतको सर्वोच्च अदालतले सन् २०१८ मा फैसला दिएको थियो कि समलैंगिकता कुनै अपराध होइन)
मीडिया रिपोर्टका अनुसार आदिलाका मातापिताले उसको र फातिमाको प्रेमलाई स्वीकार गरेको झुठो नाटक गरेर दुवैलाई फकाएर अलुवा स्थित घरमा बोलाए ।
तर, त्यहाँबाट फातिमाको परिवारले उनलाई जबर्जस्ती आफूसँगै लिएर गए । आदिलाले उसका मातापिताले आफूलाई मारपिट गरेको पनि बताएकी छन् ।
शनिबार अर्थात् मे २८ मा फातिमाले फेसबुकमा एउटा भिडीयो राखेर मद्दत मागेकी थिइन्, जसमा उनले फातिमाका मातापिताले आफूलाई जबर्जस्ति कन्भर्जन थेरापि गर्नका लागि बाध्य पारेको बताएकी छन् ।
कानूनी लडाई जारी छ
यसपछि आदिलाले पुलिसकहाँ उजुरी गरीन् र केरल उच्च अदालतमा एउटा बन्दीप्रत्यक्षीकरणको रिट हालिन् । अदालतमा निवेदन स्वीकार गरियो र अदालतकै आदेशमा पुलिसले फातिमालाई अदालत समक्ष ल्यायो ।
(भारतमा अझैपनि समलैंगिक विवाहले कानूनी मान्यता पाएको छैन)
फातिमाले न्यायाधिश के विनोद चन्द्रन र सी जयचन्द्रनको संयुक्त इजलासलाई आफू आदिलासँग बस्न चाहेको बताएकी थिइन्, त्यसपछि बेन्चले फातिमालाई आदिलासँग पठाएको थियो ।
बेन्चले दुवै युवतीहरु वयस्क भएको र दुई वयस्क सँगै बस्नुमा कुनै कानूनी अड्चन नभएको बताएको थियो ।
यो मुद्दाले एलजीबिटीक्युआई समुदायका व्यक्तिका साथ आइलाग्ने समस्यालाई रेखाकिंत गर्दछ ।
भारतको सर्वोच्च अदालतले सन् २०१८ मा नै फैसला दिएको थियो कि समलैंगिकता कुनै अपराध होइन । तर यसका बाबजुद समलैंगिक जोडीहरुले निरन्तर परिवार र समाजको विरोधको सामना गर्नु परिरहेको छ ।
कानूनका तर्फबाट पनि अझै समलैंगिकतालाई पूरा रुपमा स्वीकार्न बाँकी नै रहेको छ । भारतमा अझै पनि समलैंगिक विवाहलाई कानूनी मान्यता प्राप्त छैन । यसका लागि कयौँ अदालतमा निवेदन माथि सुनुवाई चलिरहेको छ ।
(याे लेख dw डट कम बाट अनूदित लेख हाे । जसलाई पृथ्वीराज पाेख्रेलले अनुवाद गरेका हुन् ।)