ईद : किन संसारभरी छुट्टाछुट्टै दिनमा मनाइन्छ ?

ईद : किन संसारभरी छुट्टाछुट्टै दिनमा मनाइन्छ ?

साउदी अरबमा सोमबार अर्थात् २ मेमा ईद मनाइयो । साउदी प्रेस एजेन्सिले आइतबारलाई रमजानको अन्तिम दिन भएका कारण सोमबार ईद उल फित्रको पहिलो दिन हुने बताएको थियो । त्यस्तै अफगानिस्तानमा आइतबार नै ईद मनाइसकिएको छ ।


नेपालमा भने आज मंगलबार ईद मनाइएको छ । यस्तोमा अवश्य पनि मनमा प्रश्न उठ्छ कि किन संसारभरीका मुसलमानहरु एकै दिन ईद मनाउँदैनन् ?

बंगलादेशमा इस्लामिक फाउन्डेसन को मून साइटिंग कमिटीले तय गर्दछ कि मुस्लिमको सबैभन्दा ठूलो पर्व ईद उल फित्र कुन दिन मनाइन्छ । सामान्यतया यो कमिटीले रमजानको २९ औँ दिन दिउँसो बैठक बसेर ईद उल फित्रको दिन तय गर्दछ ।

यदि रमजानको २९ औँ दिन देशमा कहिँपनि चन्द्रमा देखिन्छ भने फाउन्डेसनले अर्को दिन ईदको घोषणा गर्दछ र यस्तो भएन भने रमजानको तीस दिन पुरा भएपछि ईद मनाइन्छ

विशेषगरी साउदी अरबमा ईद मनाएको एकदिन पछि बंगलादेशमा ईद मनाइन्छ । केही स्थानहरुमा साउदी अरबसँगै ईद मनाइन्छ र हरेक वर्ष चन्द्रमा देखिनु नदेखिनुलाई लिएर विवाद हुन्छ ।

बंगलादेशका प्रसिद्ध फिजिसिस्ट का साथसाथै इस्लाम र विज्ञानका लेखक डाक्टर शमशेर अलीले संसारभरका मुस्लिमहरुले नियमको पालना गरी एकै दिन ईद मनाउन सक्ने बताउँछन् । उनका अनुसार चन्द्रमा देखिनु नदेखिनुले केही फरक पर्दैन । शमशेर भन्दछन् – आफ्नै देशमा चन्द्रमा देखिनुपर्छ भन्ने हुँदैन, इमाम अबू हनीफा र पैगम्बरले एकैदिन रोजा राखेर तोड्नुपर्छ भनेका थिए । जब चन्द्रमा उदाउँछ तब चन्द्र मास सुरु हुन्छ ।

शमशेर अली भन्दछन् – मक्का मुसलमानहरुका लागि पवित्र स्थल हो । यदी त्यहाँ चन्द्रमा देखिन्छ भने त्यसकै आधारमा मुस्लिम देशहरुमा ईद मनाउनु पर्दछ । दुवै देशका बीच समय अन्तर यसमा ठूलो समस्या होइन ।

यसका साथै अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन ले एकै दिन रोजा र ईद मनाउनुपर्ने मान्दछ ।
यसका बावजूद साउदी अरबको एकदिन पछि बंगलादेशमा ईद मनाइन्छ, किनकि नेशनल मून साइटिंग कमिटीको तर्क छ पैगम्बर भन्दछन् कि चन्द्रमा हेरेर नै रोजा शुरु हुनुपर्छ र चन्द्रमा हेरेर नै समाप्त गर्नुपर्दछ ।

भौगोलिक कारणले गर्दा बंगलादेशमा अरबका देशभन्दा एकदिन पछि चन्द्रमा देखिन्छ । अरबी देशमा चन्द्रमा बंगलादेशमा भन्दा पहिला देखिन्छ ।

बंगलादेशभन्दा अघि समय भएका मलेशिया र इन्डोनेशियाले भने अरबी देशले झैँ नै ईद मनाउँछन् । अफ्रिकाका केही मुस्लिम देशले पनि यस्तै गर्छन् ।

ढाका विश्वविद्यालायका अरबी प्रोफेसर जुबैर मुहम्मद अहसानुल हकका अनुसार मुस्लिम नियमका अनुसार यदी कुनै देशमा चन्द्रमा देखिन्छ भने यो नियम सबै मुसलमानहरुमा लागु हुन्छ ।
हिजरी वर्षको चन्द्र महिना नांगो आँखाले चन्द्रमा देखेपछि सुरु हुन्छ भन्ने कुरामा भने सबैले सहमति जनाउँछन् । यो इस्लामको नियम हो ।

यसै कारण धेरै इस्लामिक धर्मगुरुहरु आज पनि आफ्नो आफ्नो देशमा नांगो आँखाले चन्द्रमा देख्ने कुरालाई विश्वास गर्छन् ।

सन् २०१६ काे मेमा तुर्कीको पहलमा इस्तानबुलमा एउटा अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गरिएको थियो । टर्की, कतार, जोर्डन, साउदी अरब, मलेशिया, यूएई, मोरक्को समेत ५० देशका इस्लामिक स्कुलर हरु यहाँ जम्मा भएका थिए ।

यो कन्फरेन्सलाई अन्तर्राष्ट्रिय हिजरी पात्रो युनियन काँग्रेसको नामले चिनिन्छ । यो कन्फरेन्समा हिजरी पात्रोलाई लिएर संसारभर हुने मतभेदका बारेमा फैसला गरिएको थियो ।

धेरै मान्छेहरुले संसारका सबै मुसलमानले एउटै पात्रो अपनाउनुपर्ने मान्दछन् । यस्तो भयो भने पुरै मुस्लिमहरुले एउटै दिन ईद र रोजा सुरुवात गर्न सक्नेछन् ।